सांसदको घर नै क्वारेन्टाइन
<p>रसुवा। कोरोना भाइरस नियन्त्रणका लागि क्‍वारेन्टाइन बनाउन रसुवाका सांसद मोहन आचार्यले आफ्नो घर नै उपलब्ध गराएका छन्। उनी रसुवाबाट प्रतिनिधिसभा सदस्य हुन्। </p>
<p>रसुवाको लहरेपौवास्थित आफू बस्‍ने पक्की घर सांसद आचार्यले नि:शुल्क प्रदान गरेका हुन्। घरमा धारा, बत्ती, शौचालय, परिसरसमेतका सुविधायुक्त चारकोठा छन्। उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालका अनुसार उनको घरमा २१ शय्याको क्‍वारेन्टाइन बनाइने छ। घरमै खाट र शय्यासमेत उपलब्ध छन् ।</p>
<p>जनताको मतको सम्मान गर्दै विपद् व्यवस्थापनअन्तर्गत जनसेवाका लागि आफूले बसोबास गर्दैआएको घर क्‍वारेन्टाइनमा प्रदान गरेको सांसद आचार्यले बताए। रासस</p>
प्रतिक्रिया दिनुहोस्