मुस्ताङमा ६८ विदेशी पर्यटक अलपत्र
<p>कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले लकडाउन जारी गरेसँगै मुस्ताङमा ६८ जना पर्यटक रोकिएका छन्। </p>
<p>अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मुस्ताङमा पुगेका २१ मुलुकका एक सय २१ पर्यटकलाई उद्धार गरी काठमाडौँ पठाइएको छ। बाँकी ६८ जना भने मुस्ताङमै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।</p>
<p>प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसार काठमाडौं पठाइएका र मुस्ताङमै रहेका पर्यटकहरू अमेरिका, फ्रान्स, जर्मनी, इटाली, स्पेन, क्यानाडा, पोर्चुगल, बेलायत, युक्रेन, न्यूजिल्यान्डलगायत मुलुकका छन् । </p>
<p>एक सय २१ जनालाई पोखरा हुँदै बसमार्फत काठमाडौं पठाइएको हो । बाँकी पर्यटकको स्वास्थ्य जाँच गरी स्थानीय होटलमा राखिएको प्रजिअ अर्यालले जानकारी दिए । रासस</p>
प्रतिक्रिया दिनुहोस्