कान्ति बाल अस्पतालले भन्यो- अत्यावश्यकबाहेक कामका लागि अस्पताल नआउनू
<p>काठमाडौँ। कान्ति बाल अस्पतालले अत्यावश्यक नपरी अस्पतालमा नआउन अनुरोध गरेको छ। कोभिड-१९ को प्रकोपका कारण स्वास्थ्य सेवा प्रदान गर्न अफ्ठ्यारो परिस्थिति सृजना भएको अस्पतालले बताएको छ। </p>
<p>कोरोना भाइरसको संक्रमण फैलिन नदिन अस्पतालहरूले भीडभाड कम गर्ने नीति लिएका छन्। कान्तिको पछिल्लो अनुरोध सोही नीतिको निरन्तरता हो। पछिल्लो समय चिकित्सकहरूले पनि बिरामीको सीधा सम्पर्कमा नभर्इ टेलिफोन र अनलाइनलार्इ प्राथमिकता दिँदै आएका छन्।</p>
<p>कान्तिले स्वास्थ्य सेवासम्बन्धी जानकारी आवश्यक भएमा सम्पर्क नम्बर उपलब्ध गराएको छ । जसअनुसार सर्जिकल ड्यूटी चिकित्सकको ०१-४४४३१३१/९८४७३८६१५० र मेडिकल ड्यूटी चिकित्सकको ०१-४४२७४४९/९८४७३८६२०५ नम्बर उपलब्ध गराएको छ।</p>
प्रतिक्रिया दिनुहोस्