१८ फागुनयता विदेशबाट फर्केकाको तथ्यांक संकलन गर्दै काठमाडौं महानगर
<p>काठमाडौं महानगरपालिकाले १८ फागुनयता विदेशबाट फर्केका नागरिकको तथ्यांक लिने भएको छ । विश्वभरि फैलिएको कोभिड-१९ को संक्रमण थप फैलन नदिन कामपाले तथ्यांक लिन लागेको हो ।</p>
<p>विदेशबाट आएकाहरूमा कोरोना संक्रमण देखिएका कारण महानगरले ३२ वटै वडा कार्यालयहरूलाई तथ्यांक संकलन गर्न पत्राचार गरेको छ ।</p>
<p>महानगरको प्रशासन विभाग प्रमुख नवराज ढकालले वडाध्यक्षहरूलाई पठाएको पत्रमा आएको फोहरमैला व्यवस्थापनलार्इ पनि प्रभावकारी बनाउन आग्रह गरिएको छ ।</p>
<p>“आफ्नो वडाअन्तर्गत दैनिक ज्यालादारी, मजदुरी गर्ने तथा सडकमा बस्ने घरवारविहीन मानिसलाई लक्षित गरी कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि वडामा जम्मा भएको रकमबाट खर्च बेहोर्ने गरी आवश्यक राहत सहयोग उपलब्ध गराउने,” पत्रमा भनिएको छ, “वडामा अतिविपन्न र छ महिनादेखि वडा क्षेत्रमा बसोबास गर्दै आएका श्रमिक कामदारको विवरण संकलन गरी कामपा प्रशासन विभागमा बुझाउने ।” रासस</p>
प्रतिक्रिया दिनुहोस्