गोकर्णेश्वर नगरपालिकाद्वारा बौद्ध प्रहरीलाई सुरक्षा सामग्री प्रदान <p>काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले महानगरीय प्रहरी वृत्त बौद्धलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन आवश्यक सुरक्षा सामग्री प्रदान गरेको छ।</p> <p>वृत्तका डीएसपी नवीन कार्कीका अनुसार नगर प्रमुख सन्तोष चालिसेले आज ती सामग्री हस्तान्तरण गरेका हुन्। नगरपालिकाले प्रहरीका लागि एक हजार मास्क, एक हजार सर्जिकल पञ्जा, ६ लिटर सेनिटाइजर, पाँच कार्टुन चाउचाउ, ५० कार्टुन मिनरल वाटर र आठ कार्टुन बिस्कुट उपलब्ध गराएको छ।&nbsp;</p> <p>ड्युटीमा खटिने सुरक्षाकर्मीको सुरक्षार्थ ती सामग्री हस्तान्तरण गरिएको नगर प्रमुख चालिसेले बताए ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्