सरकारले स्थापना गरेको उपचार कोषमा ११ करोड ७६ लाख जम्मा
काठमाडाैं। सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा अहिलेसम्म ११ करोड ७६ लाख रूपैयाँ जम्मा भएको छ।

सरकारले कोरोना भाइरसको रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले कोषमा अझै २० करोड रूपैयाँ आउने क्रममा रहेको बताए। सरकारले कोषमा रकम जम्मा गर्न आह्वान गरेपछि सांसद, कर्मचारी, उद्योगीले जम्मा गरिरहेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महीना, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले एक महीना बराबरको रकम उक्त कोषमा जम्मा गरिसकेका छन्।

यसैगरी राजपत्राङ्कित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले सात दिनको, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीले पाँच दिनको र राजपत्र अनङ्कित र श्रेणीविहीन कर्मचारीले तीन दिनको तलब बराबरको रकम कोषमा जम्मा गर्ने भएका छन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्