बेइजिङमा एउटा पुरानो ठट्टा चर्चित छ । जसमा ‘सी चिनफिङ को हुन् ?’ भनेर कसैले सोध्दा भनिन्थ्यो– ‘उनी पङ लि युआनका पति हुन् ।’
यस्तो किन भनियो होला ? उत्तर खोज्दै जाने हो भने थाहा हुन्छ, सी चिनफिङ सत्तामा आउनु भन्दा पहिले नै पङ ली युआन चीनको स्टार गायिकामध्ये एक थिइन् ।
चिनियाँ टेलिभिजन कार्यक्रममा लामो समय चीनको उदयको चमत्कारलाई मधुर लोक धुनमा दर्साउँदै गाएकी पङको कला चीन मात्र नभई अमेरिका, बेलायत लगायत पश्चिमा मुलुकमा सी राष्ट्रपति हुनुभन्दा पहिले नै पुगिसकेको थियो । यो पनि भनिन्छ कि सीलाई अप्रत्यक्ष रुपमा सघाउने काम पङले गरिरहेकी छन् ।
नोभेम्बर २०, १९६२ मा जन्मिएकी पङ चीनको प्रख्यात कन्टेम्पोररी लोक गायिका र पर्फमर हुन् । पङ १८ वर्षको छँदा पिपुल्स लिबरेसन आर्मीको अधिकृतमा नियुक्त भएकी थिइन् । तर उनको गायकीले उनलाई सैन्य जिम्मेवारीबाट टाढा बनाई स्टेजमा पुर्याइदियो । जसमा उनले देशभक्तिको गीत गाएर सैनिकलाई प्रेरणा दिने काम गर्थिन् । उनले क्लासिक चाइनिज ओपेरामा समेत गाएकी छन् ।
१९८२ मा सिसिटीभीले आयोजना गरेको न्यु इयर गालामा ‘अन द प्लेन्स अफ होप’ गीत गाउँदा देशव्यापी रुपमा पङको चर्चा चुलिएको थियो । अमेरिकाको मेट्रोपोलिटन ओपेरा र भियाना राज्यको ओपेरामा सहभागी हुँदा उनी ग्लोबल मिडियाको केन्द्रबिन्दु नै बनेकी थिइन् ।
फेङगलाई ‘द पेओनी फेरी’(चिनियाँ फूल) उपनामले पनि चिनिन्छ । २०१३ मा सी पहिलो पटक राष्ट्रपति भएपछि भने उनले आफ्नो सांगीतिक संलग्नतालाई कम गरेकी थिइन् । उनले एचआइभी संक्रमित मानिसहरुमाथि हुने भेदभावबारे छोटो फिल्ममा न्यारेटरको भूमिका समेत निभाएकी छन् भने फिल्मको लागि गीत पनि गाएकी छन् । उनलाई विश्व स्वास्थ्य संगठनले २०११ जूनमा एचआइभी÷एड्स र टीवी निर्मुलनका लागि सद्भावना दूत बनाएको थियो ।
माओत्से तुङकी दिवंगत पत्नी जियाङ्ग क्वींग पछिको हाइप्रोफाइल राजनीतिक जीवनसाथीका रुपमा फेङगलाई लिने गरिन्छ । प्रख्यात चिनियाँ लोक गायिका र अभिनेत्री पङ डिसेम्बर २०११ मा पहिलो चिनियाँ कला अवार्डस्वरुप १ मिलियन युआन (१ लाख ५९ हजार ८ सय डलर) पाउने २३ जनामध्येमा एक हुन् । फेङ्गले ‘अन द फिल्ड अफ ग्रेट प्रोस्पेक्ट’, ‘माइ मदरल्याण्ड’, ‘ओड टु कोरल’, ‘इम्ब्रोडरिङ पाउच’, ‘आइ विलङ्ग टु चाइना’ लगायत थुप्रै चर्चित गीत गाएकी छन् ।
२०१८ मा द नेशनल म्यागजिनसँग कुरा गर्दै पङले भनेकी थिइन्– ‘जब सी घरमा आउनुहुन्छ, तब मैले कहिले सोचिनँ कि घरमा कोही नेता छ, मेरो नजरमा उनी केबल मेरो पति हुन् । उनको लागि पनि म सामान्य पत्नी हुँ ।’
चिनिया राष्ट्रपति सीको नेपाल भ्रमणमा भने पङ साथमा छैनन् । कारण थाहा छैन, तर उनी यसपालि भारत र नेपाल दुवै देशमा सीसँगै आइनन् ।
एजेन्सीहरुको सहयोगमा
पढ्नुहाेस्:
चिनियाँ राष्ट्रपति सी चेन्नेईबाट नेपाल प्रस्थान
यस्तो छ अहिलेको काठमाडौं (तस्वीर/भिडिओ कथा)
स्थिरताले जुरायो २३ बर्षपछि चिनियाँ राष्ट्रपतिको भ्रमण
चिनियाँ राष्ट्रपति के कोशेली लिएर आउलान्, समकक्षी भण्डारीलाई ?
यस्ता छन् चीन–नेपालबीच भएका हालसम्मका उच्चस्तरीय भ्रमण
'हामीलाई पूर्ण विश्वास छ, नेपाल छिट्टै समृद्ध बन्नेछ'
हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ
केरुङ–काठमाडौँ रेलमार्गमा नेपालको पनि लगानी आवश्यकः चिनियाँ प्राध्यापक
चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न तम्तयार सन्ध्याकालीन काठमाडौं (तस्वीर कथा)
चिनियाँ राष्ट्रपतिको स्वागतार्थ सडकमा १० हजारको लाम
" /> बेइजिङमा एउटा पुरानो ठट्टा चर्चित छ । जसमा ‘सी चिनफिङ को हुन् ?’ भनेर कसैले सोध्दा भनिन्थ्यो– ‘उनी पङ लि युआनका पति हुन् ।’

">