काठमाडौं। कोरोना भाइरसको संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समिति र सातवटै प्रदेशका मुख्यमन्त्रीहरूबीच भिडिओ कन्फ्रेन्सबाट छलफल शुरू भएको छ।
समन्वय समितिका सदस्यहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपस्थित छन् भने मुख्यमन्त्रीहरू आ-आफ्नो कार्यालयमाबाट भिडिओ कन्फ्रेन्समा सहभागी छन्।
भिडिओ कन्फ्रेन्समा समितिका संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री पोखरेलले कोभिड-१९ बाट जोगिन सरकारले गरिरहेका कामको जानकारी गराएका छन्।
मुख्यमन्त्रीहरूले कोभिड-१९ सँग जुध्न आ-आफ्नो प्रदेशमा भइरहेका तयारी तथा प्रतिकार्यका कामको बारेमा पालैपालो रिपोर्टिङ गर्दैछन्।
कोभिड-१९ फैलिन नदिन सरकारले ११ चैतदेखि एक साताको लागि देशैभर लकडाउन लागू गरेको छ।
मुख्यमन्त्रीहरू र उच्चस्तरीय समितिबीचको भिडिओ कन्फ्रेन्सको क्रममा लकडाउनपछिको अवस्थाको छलफल गरेर त्यसको विश्लेषणको आधारमा भावी रणनीति तयार गरिने बताइएको छ।
संयुक्त भिडिओ कन्फ्रेन्सपश्चात सिंहदरबारमा आजै दिउँसो उच्चस्तरीय समितिको बैठक बस्नेछ।
" /> काठमाडौं। कोरोना भाइरसको संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समिति र सातवटै प्रदेशका मुख्यमन्त्रीहरूबीच भिडिओ कन्फ्रेन्सबाट छलफल शुरू भएको छ।समन्वय समितिका सदस्यहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपस्थित छन् भने मुख्यमन्त्रीहरू आ-आफ्नो कार्यालयमाबाट भिडिओ कन्फ्रेन्समा सहभागी छन्।

">