काठमाडौं। कोभिड-१९ को संक्रमण तथा त्रासले मनमा डर पैदा हुने गर्छ। यस्तो अवस्थामा कुनै विशेषज्ञसँग कुरा गरेर मनको डर मेट्न पाए हुन्थ्यो भन्ने लाग्न सक्छ।
तर, यो बेला कोभिड-१९ को महामारी रोक्न सरकारले देशैभर ‘लकडाउन’ घोषणा गरेपछि घरमै बस्नु कर्तव्य भएको छ। आकस्मिक अवस्थामा बाहेक बाहिर ननिस्कनु नै अहिलेको सबैभन्दा उत्तम उपाय हो। यही संवेदनशीलता महसुस गरेर अहिले अस्पतालहरूको बहिरंग उपचार सेवा (ओपीडी) पनि बन्द गरिएको छ।
तर, यो मौसम परिवर्तनको समय पनि हो। मौसम परिवर्तनसँगै रुघाखोकी र मौसमी ज्वरो अहिले सामान्य हुने गरेको छ। यो मौसमी रोगले पनि अहिले धेरैलाई ‘कोरोनाको संक्रमण पो हो कि’भन्ने भय सिर्जना गरेको छ।
यसबाहेक अरू पनि स्वास्थ्य समस्या हुन सक्छन्। कसैले नियमित औषधि सेवन गरिरहेका हुन सक्छन् भने कोही डाक्टरसँगको नियमित जाँचमा हुन सक्छन्। त्यस्ता अवस्थामा रहेका बिरामीलाई सुझाव दिन अस्पतालहरूले मोबाइलबाटै सल्लाह दिने सेवा शुरू गरेका छन्। निम्न अस्पतालहरूले त्यस्तो सेवा उपलब्ध गराएका छन्ः
राष्ट्रिय ट्रमा सेन्टर
राष्ट्रिय ट्रमा सेन्टरले हटलाइन ओपीडी सेवा सञ्चालनमा ल्याएको छ। घरबाटै ओपीडी सेवा लिनका लागि अस्पतालले ०१-४२२५२७५ नम्बरको हटलाइन शुरू गरेको हो। उक्त ओपीडी सेवा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ।
हटलाइनबाटै सेवाग्राहीले आफ्नो स्वास्थ्य समस्याबारे चिकित्सकको परामर्श लिन सक्ने ट्रमाका मेसु डा. सन्तोष पौडेलले जानकारी दिए। यसबाट फलोअपका लागि आउनुपर्ने बिरामीदेखि अन्य बिरामीलाई पनि परामर्श दिइने उनको भनाइ छ।
वीर अस्पताल
वीर अस्पतालले पनि टोल फ्री नम्बरमार्फत् सेवा प्रदान गर्न थालेको छ। वीरले फोनबाटै विशेषज्ञ सेवा तथा १६६००१०२००० टोल फ्री नम्बरबाट हटलाइन सेवा दिन थालेको हो। वीरले विभिन्न २४ विभागका विशेषज्ञको नम्बर उपलब्ध गराउँदै फोनबाटै सेवा लिन अनुरोध गरेको छ।
कोभिड-१९ को सम्भावित संक्रमण र लकडाउनको अवस्थालाई मध्यनजर गर्दै वीरले सघन उपचार, छाला तथा यौन, आकस्मिक उपचार, शल्यक्रिया, मेडिसिन, हाडजोर्नी, क्यान्सर, दन्त सेवा, इएनटी, मुटु तथा छाती, पेट तथा आन्द्रा, मूत्र, मिर्गौला, कलेजो र ओपीडीलगायतका सेवामा विशेषज्ञ परामर्श सेवा तथा जानकारी मोबाइलबाटै लिन मिल्ने व्यवस्था मिलाएको हो।
त्रिवि शिक्षण अस्पताल
महाराजगञ्जमा रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले समेत हटलाइन सेवा सञ्चालनमा ल्याएको छ। मोबाइल तथा टेलिफोनबाटै स्वास्थ्य परामर्श लिन सकिने अस्पतालले जनाएको छ। अस्पतालले ‘कोरोना टेली हेल्थ सेन्टर’ पनि सञ्चालनमा ल्याएको छ।
शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले कुनै पनि स्वास्थ्य समस्याबारे हटलाइन नम्बर ०१-४४१००३४ बाट परामर्श लिन सकिने जानकारी दिए। त्यस्तै जुमएपको आईडी ८०६१५०९३२४ मा पनि सम्पर्क गरेर चिकित्सकीय परामर्श सेवा लिन सकिने उनको भनाइ छ। टेली हेल्थ सेन्टरबाट नाक, कान तथा घाँटी, छालारोग, नसारोग आदिबारे बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म परामर्श दिने व्यवस्था अस्पतालले मिलाएको छ।
त्यस्तै शिक्षण अस्पतालअन्तर्गत रहेका विभिन्न १७ वटा विभागले समेत हटलाइन नम्बर आफ्नो वेबसाइटमा उपलब्ध गराएका छन्।
कान्ति बाल अस्पताल
कान्ति बाल अस्पतालले पनि हटलाइन सेवा शुरू गरेको छ। कोभिड-१९ को प्रकोपका कारण स्वास्थ्य सेवा प्रदान गर्न अप्ठ्यारो परिरहेको भन्दै अत्यावश्यकबाहेक कामका लागि अस्पताल नआउन अनुरोध गर्दै हटलाइन सेवा शुरू गरेको हो। स्वास्थ्य सेवासम्बन्धी अन्य जानकारी लिनका लागि सर्जिकल ड्युटी चिकित्सकलाई ०१-४४४३१३१/९८४७३८६१५० र मेडिकल ड्युटी चिकित्सकलाई ०१-४४२७४४९/९८४७३८६२०५ नम्बरमा फोन गर्न सकिने अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
निजीले पनि थाले मोबाइल सेवा
सरकारीसँगै निजी अस्पताल तथा स्वास्थ्य संस्थाले समेत मोबाइलबाटै सेवा दिन थालेका छन्। नेपाल चिकित्सक संघ (एनएमए)ले आफ्नो संस्थामा आवद्ध चिकित्सकहरुको नम्बर सार्वजनिक गर्दै सेवा प्रदान गर्न थालिएको जनाएको छ। संघले विभिन्न रोगका विशेषज्ञ डाक्टरहरूको नम्बर सार्वजनिक गरेको छ।
सामाजिक सञ्जालमार्फत् फोन नम्बर सेयर गरेर ‘मोबाइल डाक्टर’का रूपमा बिरामीलाई सल्लाह तथा परामर्श दिन थालिएको संघका अध्यक्ष डा. लोचन कार्कीले जानकारी दिए।
कोरोनाभाइरससम्बन्धी विशेषज्ञ चिकित्सकको सल्लाहका लागि संघले पदाधिकारीसहित ६९ जना चिकित्सकको नाम र मोबाइल नम्बर सार्वजनिक गरेको हो।
यस्तै, युवा चिकित्सक संघले पनि फोनबाटै चिकित्सकीय परामर्शका लागि जनरल मेडिकलतर्फका ९ जना चिकित्सकको नम्बर सार्वजनिक गरेको छ। त्यस्तै डेन्टल कन्सल्टेसन र इमर्जेन्सी उपचारका लागि दुई चिकित्सकको मोबाइल नम्बर उपलब्ध गराएको छ।
युवा चिकित्सक संघका अध्यक्ष डा. चेतन बस्नेतले महामारी रोक्न लकडाउन गरेको अवस्थामा घरबाटै स्वास्थ्य सेवा लिन यस्तो व्यवस्था गरिएको जानकारी दिए।
मनोपरामर्श सेवा पनि घरबाटै
लकडाउन तथा क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनको समयमा मानसिक समस्या उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सीएमसी नेपाल) ले फोनबार्ट परामर्श सेवा दिन थालेको छ। त्यसका लागि केन्द्रले १० जना मनोचिकित्सक, चिकित्सामनोविद्, बालमनोविद् लगायतको मोबाइल नम्बर सार्वजनिक गर्दै टेलिफोन तथा इन्टरनेटका माध्यमबाट परामर्श सेवा दिन थालेको हो।
" /> काठमाडौं। कोभिड-१९ को संक्रमण तथा त्रासले मनमा डर पैदा हुने गर्छ। यस्तो अवस्थामा कुनै विशेषज्ञसँग कुरा गरेर मनको डर मेट्न पाए हुन्थ्यो भन्ने लाग्न सक्छ।

">