काठमाडौं। नेपाली व्यवसायीहरूले खरिद गरेका अत्यावश्यक स्वास्थ्य उपकरणलगायत सामग्री चीनबाट ल्याउन जहाज चार्टर्ड गरिएको छ। व्यवसायीहरुले खरिद गरेर चीनको गोन्जाओ शहरमा जम्मा गरिएको सामान ल्याउनको लागि कुरिअर कम्पनी फ्ल्यास फ्रेट लजिस्टिकले जहाज चार्टर्ड गरेको हो।
उक्त जहाजमा सामान ल्याउन ४० जना नेपाली व्यवसायीहरूले नाम टिपाएका छन्। त्यसरी जहाजमा आउनेमध्ये अधिकांश स्वास्थ्यसँग सम्बन्धित सामग्री रहेको फ्ल्यास फ्रेट लजिस्टिकका प्रबन्ध निर्देशक अरुणा सिग्देलले जानकारी दिइन्।
उक्त सामग्री लिन नेपाल एअरलाइन्सको जहाज चार्टर्ड गरिएको छ। नेपाली व्यवसायीहरूले खरिद गरेर चीनको गोन्जाओ शहरमा जम्मा गरेका मेडिकल र अन्य सामाग्री २० चैतमा काठमाडौं आइपुग्ने सिग्देलले बताइन्।
फ्ल्यास फ्रेट लजिस्टिकले प्रतिकिलो ८ अमेरिकी डलर भाडा लिएर सामग्री नेपाल ल्याउन लागेको हो। तर, व्यवसायीहरूको सामानअनुसार भाडा दरमा फरक पर्न सक्ने सिग्देलले बताइन्।
नेपालमा कोभिड–१९ को उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा उपकरण लगायत प्रयोगशालाका सामग्रीहरू नेपाली बजारमा नहुँदा उपचार नै प्रभावित भइरहेको छ। तर, व्यवसायीहरू भने नेपाल ल्याउने अवस्था नभएको कारण खरिद गरेर राखेको सामग्री पनि ल्याउन नसकिएको बताउँछन्।
एक व्यवासायीले भने, “मेडिकल इक्विपमेन्टहरू नेपाल ल्याउन सहयोग हुने हो भने हामी जति पनि सामग्री ल्याउन सक्छौं। अहिले पनि गोन्जाओमा प्रशस्त सामाग्री जम्मा भएर बसेको छ।”
सरकारले नाका खोल्ने निर्णय गरेको भएपनि कन्टेनरका चालकहरू सामग्री लिन जानलाई डराइरहेको व्यवसायीहरूले बताएका छन्। कन्टेनरबाट सामग्री ल्याउँदा प्रशस्त समय लाग्छ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले भने, “सरकारले नाका खोल्ने निर्णय गरेको हुँदा केही दिनमा चीनको सामान नेपाल आइपुग्छ। पर्याप्त सुरक्षाबेगर चिनियाँ पक्षले सामग्री नपठाउने हुँदा डराउनुपर्ने अवस्था छैन।”
सरकारले पनि जहाज पठाउँदै
कोभिड–१९ को उपचारमा खट्ने स्वास्थ्यकर्मीको लागि आवश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई)लगायतका सामग्री लिन सरकारले पनि जहाज चीन पठाउने भएको छ।
“सुरक्षा उपकरण लगायत प्रयोगशालामा चाहिने सामग्री आपूर्तिको सबै व्यवस्था पूरा भएको छ। १५ चैतमा नेपाल वायुसेवाको विमान ती सामग्री ल्याउन चीन जान्छ”, स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्र डोटेलले भने, “१६ गतेसम्ममा सबै सामग्री ल्याइसक्छौं।”
विभागले नेपाली व्यवसायीसँग सम्झौता गरेर सुरक्षा उपकरण लगायतका सामग्री ल्याउनलागेको हो। नेपाली व्यवसायीहरूले चीनमा किनेर राखेको सामग्री ल्याउने व्यवस्था मिलाइदिन सरकारलाई अनुरोध गरेपछि सरकारले नेपाल वायुसेवा निगमको जहाज गोन्जाओ पठाउन लागेको हो।
गैरआवासीय नेपाली संघले पनि नेपाल सरकारलाई सहयोग गर्ने भनेको एक करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री किनेर गोन्जाओमा राखेको छ। गैरआवासीय नेपाली संघले उक्त सामाग्री ल्याउन सहयोग गर्न नेपाल सरकारसँग अनुरोध गरेको थियो।
नेपाल एअरलाइन्सको प्रवक्ता अर्चना खड्काले पर्यटन मन्त्रालयले जहाज चीन पठाउनको लागि तयारी अवस्थामा रहन भनेको बताइन्। “हामीलाई जहाज गोन्जाओ पठाउन तयारी अवस्थामा रहन भनिएको छ। त्यसका लागि तयारी गरिरहेका छौं। सबै अनुमति भने आइसकेको छैन”, खड्काले भनिन्।
सरकारले चार्टर्ड गरेको जहाजमा पीपीई, मेडिकल प्रयोगशालाका सामग्री, थर्मल गन, सर्जिकल र सामान्य पञ्जा, थर्मो स्क्यानर लगायतको सामग्री चीनबाट नेपाल आउनेछन्।
सरकारले व्यवसायीहरूलाई स्वास्थ्य क्षेत्रमा प्रयोग हुने सामग्रीहरू आयात गर्नको लागि सूची नै उपलब्ध गराएको छ।
" /> काठमाडौं। नेपाली व्यवसायीहरूले खरिद गरेका अत्यावश्यक स्वास्थ्य उपकरणलगायत सामग्री चीनबाट ल्याउन जहाज चार्टर्ड गरिएको छ। व्यवसायीहरुले खरिद गरेर चीनको गोन्जाओ शहरमा जम्मा गरिएको सामान ल्याउनको लागि कुरिअर कम्पनी फ्ल्यास फ्रेट लजिस्टिकले जहाज चार्टर्ड गरेको हो।उक्त जहाजमा सामान ल्याउन ४० जना नेपाली व्यवसायीहरूले नाम टिपाएका छन्। त्यसरी जहाजमा आउनेमध्ये अधिकांश स्वास्थ्यसँग सम्बन्धित सामग्री रहेको फ्ल्यास फ्रेट लजिस्टिकका प्रबन्ध निर्देशक अरुणा सिग्देलले जानकारी दिइन्।

">