काठमाडौं। नेपालमा आजसम्म ८०२ जना बिरामीको कोभिड-१९ को नमूना परीक्षण गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले अहिलेसम्म ८०२ जनाको नमूना परीक्षण गरिएको जानकारी दिए।
उनका अनुसार अहिलेसम्म नेपालमा ३ जनामा मात्रै कोरोना भाइरस (कोभिड १९) पोजिटिभ देखिएको छ।
एकजना उपचारपछि घर फर्किसकेको र अन्य दुईजनाको टेकुस्थित अस्पतालमा उपचार भइरहेको उनले बताए। अस्पतालमा उपचारार्थ रहेका दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताए।
उनले अहिले शुक्रराज ट्रपिकल तथा सरूवा रोग टेकुमा ४ जना, पाटन अस्पतालमा ६ जना र कान्ति बाल अस्पतालमा ३ जना आइसोलेसनमा रहेको बताए।
“प्रदेश लगायतका अस्पतालमा समेत केही बिरामी आइसोलेसनमा राखिएका छन्,” उनले भने, “त्यसको विवरण संकलन भइरहेको छ।”
उनले स्वास्थ्य मन्त्रालयमा राखिएको कल सेन्टरमा पछिल्लो २४ घण्टा ६२०० कल आएको र ती सबैमा रोगका लक्षणका बारेमा जानकारी लिने, आइसोलेसन लगायत क्वारेन्टाइनमा बस्ने/नबस्ने गरेका बारेमा सोधिएको बताए।
प्रवक्ता देवकोटाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला स्थापना भएर नमूना परीक्षणको काम शुरू लागेको जानकारी दिँदै अन्य स्थानमा समेत केही दिनमा नै हुने प्रष्ट पारे। स्वास्थ्यकर्मीका लागि आवश्यक पीपीई देशभित्र नभएको र बाहिरबाटसमेत आउन नसक्ने अवस्था हुँदा अहिले मौजदातबाटै काम भइरहेको र १७ चैतसम्म यसको पनि समस्या समाधान हुने बताए।
पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका स्वास्थ्य सल्लाहाकार डा. खेमबहादुर कार्कीले कोरोना भाइरस (कोभिड-१९) को जोखिमबाट जोगिन दूरी कायम गर्नु नै उत्तम रहेको भन्दै सबै सचेत हुनुपर्ने बताए।
उनले घरमा होस वा बाहिर जहाँ भए पनि एक मिटरको दूरी कायम गरेर बस्नुपर्ने बताए। उनले मन्त्रालयले भोलिका दिनमा महामारी फैलिहाले पनि कसरी अगाडि बढ्ने भन्ने विषयमा आवश्यक तयारी गरिरहेको प्रष्ट पारे।
" /> काठमाडौं। नेपालमा आजसम्म ८०२ जना बिरामीको कोभिड-१९ को नमूना परीक्षण गरिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले अहिलेसम्म ८०२ जनाको नमूना परीक्षण गरिएको जानकारी दिए।

">