बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पनि देखियो कोभिड-१९ (भिडिओसहित)

काठमाडौं। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफूलाई कोभिड-१९ देखिएको बताएका छन्।

केही अघि ट्वीट गर्दै प्रधानमन्त्री जोनसनले पछिल्लो २४ घण्टामा आफूलाई केही लक्षण देखिएको र जाँच गर्दा कोरोना भाइरसको संक्रमण देखिएको बताएका हुन्।

उनले अहिले आफू सेल्फ आइसोलेसनमा रहेको बताउँदै भिडिओ कन्फ्रेन्सबाट सरकार सञ्चालनका काम गर्ने जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्