काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैं स्यानिटाइजर उत्पादन गरेर फिल्डमा खटिएका ट्राफिक प्रहरीलाई वितरण गरेको छ।
कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई महाशाखाका प्रमुख, एसएसपी भीमप्रसाद ढकाल आफैं फिल्डमा गई मास्क र स्यानिटाइजर वितरण गरेका हुन्।
विश्वव्यापी रूपमा फैलिइरहेको कोभिड–१९ संक्रमणका कारण बजारमा स्यानिटाइजर अभाव देखिएपछि विश्व स्वास्थ्य संगठनले तोकेको निर्देशिकाअनुसार स्यानिटाइजर तयार पारिएको महाशाखाका प्रमुख, एसएसपी ढकालले बताए।
“कोरोनाको उच्च जोखिम मोलेर फ्रन्टलाइनमा दैनिक खटिनुपर्ने ट्राफिक प्रहरीको सुरक्षाको लागि महाशाखाले प्राविधिकहरूको सहयोग लिई आफैं स्यानिटाइजर उत्पादन गरेको हो”, उनले भने, “अहिले ३० लिटर उत्पादन गरेका छौं। आवश्यकताअनुसार थप उत्पादन गरेर वितरण गर्छौँ।”
त्यस्तै ट्राफिक प्रहरीलाई मास्क पनि वितरण गरिएको छ।
" /> काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैं स्यानिटाइजर उत्पादन गरेर फिल्डमा खटिएका ट्राफिक प्रहरीलाई वितरण गरेको छ।कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई महाशाखाका प्रमुख, एसएसपी भीमप्रसाद ढकाल आफैं फिल्डमा गई मास्क र स्यानिटाइजर वितरण गरेका हुन्।

">