काठमाडौं। लकडाउन पश्चात् पोखरामा अलपत्र परेका ५८ जना पर्यटकलाई यती एअरलाइन्सले उद्धार गरेर काठमाडौं ल्याएको छ।
काठमाडौं ल्याएका ती पर्यटक मध्ये धेरैजसो स्वीस नागरिक र केही युरोपियन देशका नागरिक रहेको यती एअरलाइन्सले बताएको छ।
काठमाडौं स्थित स्वीस दूतावासले आफ्ना नागरिकहरुको उद्धारमा सहयोग गर्न अनुरोध गरेपछि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर यती एअरलाइन्सले विमान पोखरा पठाएको थियो। यती एअरलाइन्सको ७२ सिट क्षमता भएको एटीआर–७२ नाइन एन– एएमएन विमानमार्फत पर्यटकलाई आज साँझ काठमाडौं ल्याइएको हो।
यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले १३ चैतमा लुुक्लाबाट १४ जना फ्रान्सेली नागरिक र आज विहान पनि १४ जना अस्ट्रेलियन नागरिकहरुलाई उद्धार गरी काठमाडौं ल्याएको थियो। लकडाउन पश्चात् अलपत्र परेका पर्यटकहरुको उद्धारका लागि सम्बन्धित निकायहरुसँग सहकार्य गरी यती एअरलाइन्सले जहाज पठाइरहेको छ।
" /> काठमाडौं। लकडाउन पश्चात् पोखरामा अलपत्र परेका ५८ जना पर्यटकलाई यती एअरलाइन्सले उद्धार गरेर काठमाडौं ल्याएको छ।काठमाडौं ल्याएका ती पर्यटक मध्ये धेरैजसो स्वीस नागरिक र केही युरोपियन देशका नागरिक रहेको यती एअरलाइन्सले बताएको छ।

">