प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज <p>काठमाडौं। मुटुको चालमा समस्या भएपछि १३ चैत राति अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ डिस्चार्ज भएका छन्।</p> <p>मुटुको चाल सामान्यभन्दा बढी देखिएपछि उनी १३ चैत राति साढे ११ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना भएका थिए।</p> <p>प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आकस्मिक उपचारपछि पूर्ण स्वास्थ्यलाभ गरेर प्रधानमन्त्री डिस्चार्ज भएको जानकारी दिए।</p> <p>अहिले प्रधानमन्त्री ओली बालुवाटारस्थित निवासमा फर्किइसकेको उनले बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्