यो त भयो साबुनको अणुको आकार–प्रकारको चर्चा। अब साबुनले कसरी काम गर्छ भन्ने बुझौं।
एउटा उदाहरणबाट बुझ्ने प्रयास गरौं। घ्यु हालेको भात हातले मुछेर खाएपछि पानीले मात्रै धुँदा हातमा चिल्लो रहिरहन्छ। तर, साबुनपानीले धोएपछि चिल्लो जान्छ। होइन त ? यहीनेर छ साबुनको भूमिका।
जब तपाईंले घ्यु हालेको भात हातले मुछ्नुहुन्छ, हातैभरी चिल्लो टाँसिन्छ। यो चिल्लो पानीविरोधी (हाइड्रोफोबिक) हुन्छ। पानीप्रेमी भएको भए पानीका अणुसँगै टाँसिएर सर्लक्क बगेर जान्थ्यो। तर, त्यस्तो हुँदैन। जब साबुन फिँज आउने गरी दलिन्छ, साबुनको पानीविरोधी पुच्छर चिल्लो पदार्थका अणुहरूमा टाँसिन्छ। किनभने यो चिल्लोप्रेमी हुन्छ।
चिल्लो पदार्थको एउटा कणलाई साबुनका असंख्य अणुहरूले घेर्छन्। त्यसरी घेर्दा बीचमा कण पर्छ र वरिपरि साबुनका अणु हुन्छन्। कणसँग पुच्छरहरू टाँसिएका हुन्छन्। पानीप्रेमी शिरहरू बाहिर परेका हुन्छन्। गोलाकार आकारको यस्तो क्षणिक पदार्थलाई रसायनशास्त्री मिसेल भन्छन्।
जब साबुनको फिँजले भरिएको हात पानीमा धोइन्छ पानीका अणुहरू यिनै शिरहरूसँगै टाँसिन्छन्। र, आफैसँग तानेर पुच्छरले समातिराखेको चिल्लो कण पनि बोकेर जान्छन्। अनि हात चिल्लोमुक्त हुन्छ।
हो, यसैगरी साबुनले कोरोना भाइरस लगायत अन्य ब्याक्टेरिया र भाइरसलाई पनि मार्छ।
अहिलेलाई कोरोना भाइरसकै उदाहरण लिऊँ। कोरोना भाइरसको तस्वीर अहिले जताततै व्याप्त छ। यो सतहमा काँडैकाँडा भएको बलजस्तै हुन्छ। ती काँडाहरू प्रोटिन हुन्। अनि यसको गुदीमा आरएनए (राइबोन्युक्लिक एसिड) र प्रोटिन हुन्छ।
यही आरएनएले हाम्रो शरीरको कोषमा भएको डिएनए (डिअक्सिराइबोन्युक्लिक एसिड) लाई टुक्राएर हामीलाई संक्रमित बनाउँछ। र, यसको सतह चाहिँ चिल्लो पदार्थले बनेको हुन्छ। त्यो चिल्लो पदार्थलाई लिपिड भनिन्छ। लिपिडका दुई तह मिलेर सतह बनेको हुन्छ। लिपिडको पनि शिर र पुच्छर हुन्छ।
शिरचाहिँ पानीप्रेमी हुन्छ र पुच्छर पानीविरोधी। शिरमाथि पट्टि हुन्छ, पुच्छर तल। त्यसैले त पानीजन्य थोपाहरू (खकारका छिटा) मा भाइरस टाँसिएर बस्छ किनभने पानी मन पराउने भाग माथिपट्टि हुन्छ। जब हामी साबुन मल्छौं यसका कणहरू भाइरसको सतहमा भएका लिपिडको पुच्छरमा गएर टाँसिन्छन्।
यदि साबुन कम भयो भने यिनले खासै असर गर्दैनन् किनभने मिसेल बनाउन पर्याप्त हुँदैनन्। धेरै फिँज आउनेगरी लगाएपछि साबुनका अणु प्रशस्त हुन्छन् जसले भाइरसका लिपिडलाई घेरेर मिसेल बनाउँछन्। अनि साबुनका पानीप्रेमी शिरहरूलाई पानीका अणुले तानेर भाइरसको संरचना नै बिगारिदिन्छन्। आफ्नो मूल संरचना बिग्रेपछि भाइरस सक्रिय हुनसक्दैन। त्यो मानिससँगको लडाईँमा हार्न पुग्छ।
साबुनको यो करामत पढिरहँदा तपाईंको मनमा अर्को प्रश्न उठेको हुनुपर्छ- स्यानिटाइजरले चाहिँ कसरी काम गर्छ ? स्यानिटाइजरमा कम्तिमा पनि ७० प्रतिशत इथानोल नामक अल्कोहल हुन्छ। त्यो इथानोलले यसैगरी भाइरसको सतह छिन्नभिन्न पारिदिन्छ। तर, साबुनले हात धुँदा जस्तो पखालिएर त जाँदैन। भाइरसका क्षतविक्षत संरचना भने हातमै रहिरहेका हुन्छन्। त्यसैले सकेसम्म हात त साबुन पानीले नै धोएको ठीक।
‘न्यु योर्क टाइम्स’ले बनाएको यो ग्राफिक्सको नेपाली अनुवाद।
यसरी साबुनले हात धुँदा ब्याक्टेरिया र भाइरस मर्छन् भनेर पत्ता लगाउने वैज्ञानिक चाहिँ डा. इग्नाज सेम्मेलवेइज हुन्। उनको कथा हामीले पहिले लेखिसकेका छौं। साबुनको यो गुणबारे भने मैले रसायनशास्त्रका किताब र कोरोना भाइरसका संरचनाबारे लेखिएका सामग्रीहरूबाट जम्मा गरेको हुँ।
साँच्चि, साबुन लगाएर मिच्दैमा मात्र हात राम्रोसँग धोइँदैन है। साबुनले हात धुने तरिका यो भिडिओमा हेर्नुस् है।
"> कोभिड-१९ सँग जोगिन किन बारम्बार हात धुनुपर्छ ? साबुनले कसरी मार्छ कोरोना भाइरस ? (भिडिओसहित): Dekhapadhi
कोभिड-१९ सँग जोगिन किन बारम्बार हात धुनुपर्छ ? साबुनले कसरी मार्छ कोरोना भाइरस ? (भिडिओसहित)
यो समय साबुन र भाइरसबीच भइरहेको युद्धको हो।
आँखाले नदेखिने एउटा सानो भाइरसले सारा संसारलाई तर्साईरहेछ। वैज्ञानिकहरू भन्छन्, इलेक्ट्रोनिक माइक्रोस्कोपबाट हेर्दा त्यसको सतहको भाग ताज जस्तै देखिन्छ। त्यसैले नाम दिएका छन्, कोरोना। कोरोना भाइरसको समूहमा नयाँ भएकाले अगाडि थपिदिएका छन् नोबल। त्यही नोबल कोरोना भाइरको संक्रमणबाट लाग्ने रोग कोभिड–१९ अहिले विश्वव्यापी महामारी बनेको छ। राष्ट्र र समुदायका सीमालाई बेवास्ता गर्दै त्यो भाइरसले संसारभर मृत्युको भय छरिरहेछ।
र, त्यो नदेखिने दुश्मनविरुद्ध लड्ने सशक्त हतियार बनेको छ- साबुन।
यति घातक यो नदेखिने दुश्मनलाई साबुनका फिँजहरूले भने सजिलरी नष्ट गरिदिन्छन्। कसरी ?
पहिले साबुनबारे बुझौं।
रसायनशास्त्रको भाषामा साबुनलाई ‘सोडियम अर पोटासियम साल्ट्स अफ् फ्याट्टी एसिड’ भनिन्छ। अलि बुझिएन है ? विज्ञानको आफ्नै भाषा हुन्छ नि। सजिलोगरी भन्दा यो बोसोजन्य अम्ल र सोडियम वा पोटासियम मिलेर बनेको हुन्छ।
साबुनको एउटा अणु लिएर हेर्ने हो भने यसको दुई भाग देखिन्छ। एउटा शिर पानीप्रिय (हाइड्रोफिलिक) हुन्छ। यसो भन्नुको अर्थ हो, पानीका अणुसँग यो भाग थपक्क टाँसिन्छ। तर यसको पुच्छरको भाग भने पानीविरोधी (हाइड्रोफोबिक) हुन्छ। कार्बन र हाइड्रोजनको लामो शृंखलाले पुच्छरको भाग बनाएको हुन्छ भने शिरको भागमा अक्सिजन र सोडियमबीच ऋणात्मक र धनात्मक चार्ज निर्माण भएको हुन्छ जसले यसलाई पानीप्रेमी बनाइदिन्छ। यही दुई विपरीत गुण एउटै अणुमा हुने भएकाले साबुनको चरित्र विशिष्ट गुण निर्माण हुन्छ। यही विशिष्ट गुणले साबुनलाई साबुन बनाइदिएको छ।
यो त भयो साबुनको अणुको आकार–प्रकारको चर्चा। अब साबुनले कसरी काम गर्छ भन्ने बुझौं।
एउटा उदाहरणबाट बुझ्ने प्रयास गरौं। घ्यु हालेको भात हातले मुछेर खाएपछि पानीले मात्रै धुँदा हातमा चिल्लो रहिरहन्छ। तर, साबुनपानीले धोएपछि चिल्लो जान्छ। होइन त ? यहीनेर छ साबुनको भूमिका।
जब तपाईंले घ्यु हालेको भात हातले मुछ्नुहुन्छ, हातैभरी चिल्लो टाँसिन्छ। यो चिल्लो पानीविरोधी (हाइड्रोफोबिक) हुन्छ। पानीप्रेमी भएको भए पानीका अणुसँगै टाँसिएर सर्लक्क बगेर जान्थ्यो। तर, त्यस्तो हुँदैन। जब साबुन फिँज आउने गरी दलिन्छ, साबुनको पानीविरोधी पुच्छर चिल्लो पदार्थका अणुहरूमा टाँसिन्छ। किनभने यो चिल्लोप्रेमी हुन्छ।
चिल्लो पदार्थको एउटा कणलाई साबुनका असंख्य अणुहरूले घेर्छन्। त्यसरी घेर्दा बीचमा कण पर्छ र वरिपरि साबुनका अणु हुन्छन्। कणसँग पुच्छरहरू टाँसिएका हुन्छन्। पानीप्रेमी शिरहरू बाहिर परेका हुन्छन्। गोलाकार आकारको यस्तो क्षणिक पदार्थलाई रसायनशास्त्री मिसेल भन्छन्।
जब साबुनको फिँजले भरिएको हात पानीमा धोइन्छ पानीका अणुहरू यिनै शिरहरूसँगै टाँसिन्छन्। र, आफैसँग तानेर पुच्छरले समातिराखेको चिल्लो कण पनि बोकेर जान्छन्। अनि हात चिल्लोमुक्त हुन्छ।
हो, यसैगरी साबुनले कोरोना भाइरस लगायत अन्य ब्याक्टेरिया र भाइरसलाई पनि मार्छ।
अहिलेलाई कोरोना भाइरसकै उदाहरण लिऊँ। कोरोना भाइरसको तस्वीर अहिले जताततै व्याप्त छ। यो सतहमा काँडैकाँडा भएको बलजस्तै हुन्छ। ती काँडाहरू प्रोटिन हुन्। अनि यसको गुदीमा आरएनए (राइबोन्युक्लिक एसिड) र प्रोटिन हुन्छ।
यही आरएनएले हाम्रो शरीरको कोषमा भएको डिएनए (डिअक्सिराइबोन्युक्लिक एसिड) लाई टुक्राएर हामीलाई संक्रमित बनाउँछ। र, यसको सतह चाहिँ चिल्लो पदार्थले बनेको हुन्छ। त्यो चिल्लो पदार्थलाई लिपिड भनिन्छ। लिपिडका दुई तह मिलेर सतह बनेको हुन्छ। लिपिडको पनि शिर र पुच्छर हुन्छ।
शिरचाहिँ पानीप्रेमी हुन्छ र पुच्छर पानीविरोधी। शिरमाथि पट्टि हुन्छ, पुच्छर तल। त्यसैले त पानीजन्य थोपाहरू (खकारका छिटा) मा भाइरस टाँसिएर बस्छ किनभने पानी मन पराउने भाग माथिपट्टि हुन्छ। जब हामी साबुन मल्छौं यसका कणहरू भाइरसको सतहमा भएका लिपिडको पुच्छरमा गएर टाँसिन्छन्।
यदि साबुन कम भयो भने यिनले खासै असर गर्दैनन् किनभने मिसेल बनाउन पर्याप्त हुँदैनन्। धेरै फिँज आउनेगरी लगाएपछि साबुनका अणु प्रशस्त हुन्छन् जसले भाइरसका लिपिडलाई घेरेर मिसेल बनाउँछन्। अनि साबुनका पानीप्रेमी शिरहरूलाई पानीका अणुले तानेर भाइरसको संरचना नै बिगारिदिन्छन्। आफ्नो मूल संरचना बिग्रेपछि भाइरस सक्रिय हुनसक्दैन। त्यो मानिससँगको लडाईँमा हार्न पुग्छ।
साबुनको यो करामत पढिरहँदा तपाईंको मनमा अर्को प्रश्न उठेको हुनुपर्छ- स्यानिटाइजरले चाहिँ कसरी काम गर्छ ? स्यानिटाइजरमा कम्तिमा पनि ७० प्रतिशत इथानोल नामक अल्कोहल हुन्छ। त्यो इथानोलले यसैगरी भाइरसको सतह छिन्नभिन्न पारिदिन्छ। तर, साबुनले हात धुँदा जस्तो पखालिएर त जाँदैन। भाइरसका क्षतविक्षत संरचना भने हातमै रहिरहेका हुन्छन्। त्यसैले सकेसम्म हात त साबुन पानीले नै धोएको ठीक।
‘न्यु योर्क टाइम्स’ले बनाएको यो ग्राफिक्सको नेपाली अनुवाद।
यसरी साबुनले हात धुँदा ब्याक्टेरिया र भाइरस मर्छन् भनेर पत्ता लगाउने वैज्ञानिक चाहिँ डा. इग्नाज सेम्मेलवेइज हुन्। उनको कथा हामीले पहिले लेखिसकेका छौं। साबुनको यो गुणबारे भने मैले रसायनशास्त्रका किताब र कोरोना भाइरसका संरचनाबारे लेखिएका सामग्रीहरूबाट जम्मा गरेको हुँ।
साँच्चि, साबुन लगाएर मिच्दैमा मात्र हात राम्रोसँग धोइँदैन है। साबुनले हात धुने तरिका यो भिडिओमा हेर्नुस् है।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्