चीनले दिने कोभिड-१९ परीक्षण सामग्री भाेलि आउने <p>सिन्धुपाल्चाेक। काेभिड-१९ काे महामारी फैलिएपछि बन्द नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी हुँदै कोरोना भाइरस परीक्षणका लागि आवश्यक सामग्री भाेलि, १५ चैतमा नेपाल भित्रने भएको छ।</p> <p>हिजाे वा आज आउने भनिए पनि प्राविधिक कारणवश अब भाेली आउने जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले&nbsp; जानकारी दिए।</p> <p>काेभिड-१९ काे संक्रमण नेपालमा देखा परेपछि चीनले कोरोना भाइरस परीक्षणका लागि आवश्यक सामग्री उपलब्ध गराउने जनाएकाे थियाे।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्