काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विश्वव्यापी महामारी बनिरहेको कोभिड-१९ लाई मध्यनजर गर्दै थुनुवाहरूलाई छाड्न थालेको छ।
अनुसन्धान अधिृकतको निर्णयले आयोगले अनुसन्धानमा रहेकाहरूलाई छाड्न थालेको हो। आयोगले आज मात्र आठ जनालाई धरौटी लिएर तारेखमा छाडेको छ।
कसूरको गम्भीर्यता, अनुसन्धानको पूर्णता र वर्तमान कोभिड-१९ को महामारीलाई मध्यनजर गर्दै उनीहरूलाई छाडिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले देखापढीलाई बताए।
‘हुनसक्ने सजाय र हिरासतमा बसेको अवधि’ समेतलाई मध्यनजर राख्दै आयोगको हिरासतमा रहेका मध्ये हाल आठ जनालाई हिरासतमा नराखी बाँकी अनुसन्धान पूरा गर्नेगरी धरौटी लिएर तारेख राख्ने निर्णय भएको उनले बताए।
आयोगको केन्द्रीय कार्यालयको हिरासतमा रहेका आठ जनालाई उनीहरूको परिवारलाई जानकारी दिएर छाडिएको छ। तर, आयोगका प्रवक्ता कोइरालाले कुन-कुन मुद्धाका क–कसलाई छाडियो भन्ने खुलाउन नमिल्ने बताए।
आयोगले गम्भीर कसूरमा अनुसन्धान लागि नियन्त्रणमा लिइएकालाई भने छाडेको छैन। आज छाडिएकामध्ये अधिकांश सानो रकमसहित रंगेहात पक्राउ परेकाहरू छन्।
आयोगले कसूरको गम्भीर्यतालाई हेरेर थप व्यक्तिलाई पनि छाड्ने तयारी गरेको छ।
" /> काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विश्वव्यापी महामारी बनिरहेको कोभिड-१९ लाई मध्यनजर गर्दै थुनुवाहरूलाई छाड्न थालेको छ।अनुसन्धान अधिृकतको निर्णयले आयोगले अनुसन्धानमा रहेकाहरूलाई छाड्न थालेको हो। आयोगले आज मात्र आठ जनालाई धरौटी लिएर तारेखमा छाडेको छ।

">