काठमाडौं। नागरिक अगुवाहरूले जनता भान्छाघर चलाउन माग गरेका छन्।
कोभिड-१९ महामारीका सम्बन्धमा नागरिकस्तरबाट सरकारको ध्यानाकर्षण गराउँदै आज जारी गरिएको अपीलमा शहरी क्षेत्रमा भोकमरीको अवस्था आउन नदिन आवश्यक स्थान तोकेर स्थानीय तह, समुदाय र गुठीहरूको संयोजनमा स्वास्थमा असर नपर्ने गरी जनता भान्छाघर सञ्चालन गरी दुईछाक खाने प्रबन्ध गर्न माग गरिएको हो।
नेपाल जस्तो कमजोर अर्थतन्त्र भएको मुलुकमा कोरोना भाइरसको महामारीले दीर्घकालीन असर पार्ने निश्चित भएको भन्दै अपीलमा दैनिक ज्यालामजदुरी गर्ने श्रमिक, खेतिपाति गरेर जीविकोपार्जन गर्ने किसान, वृद्धवृद्धा, अपांग र घरवासविहीन सुकुम्बासी र सीमित आयमा जिउनु पर्ने सबैभन्दा बढी प्रभावित हुने भएकाले यसमा ध्यान दिन भनिएको छ।
उनीहरूले सरकारले देखाएको तदारुकताप्रति धन्यवाद पनि भनेका छन्।
‘सर्वप्रथम कोरोना संक्रमण रोकथाम, उपचार र यसको व्यवस्थापनमा ढिलै भएपनि सरकारले देखाएको तदारुकताका लागि धन्यवाद दिन चाहन्छौं’, अपीलमा भनिएको छ, ‘तथापि अझै राज्य सञ्चालन सम्बन्धमा प्रान्तीय सरकार, स्थानीय सरकार त्यति सजग र सक्रिय भएको देख्न पाइएको छैन, किन यस्तो भइरहेछ बुझ्न सकिँदैन। अपवाद बाहेक निजी तथा गैर सरकारी क्षेत्र पनि सक्रिय देखिएको छैन।’
राष्ट्रकवि माधवप्रसाद घिमिरे, शताब्दीपुरुष सत्यमोहन जोशी, डा. गौरीशंकर लाल दास, मेजर त्रिलोक सिंह थापा, हिमालय शमसेर राणा, भैरव रिसाल, दीपक ज्ञवाली, प्रा. डा. त्रिरत्न मानन्धरलगायत १९ जना नागरिक अगुवाहरूले गरेको अपीलमा महामारीका विरुद्ध अग्रपंक्तिमा रहेर लड्ने स्वास्थ्यकर्मीको मनोवल उच्च राख्न आवश्यक स्रोतसाधनको लागि कुनै कसर बाँकी नराख्न सरकारलाई सुझाव दिइएको छ।
स्वास्थ्यकर्मीको साथ हातमा हात मिलाई काम गर्ने तथा नागरिकको दैनिक जीवनसँग सम्बन्धित सेवा सुविधा उपलब्ध गराउनमा लागेका र देशको सुरक्षामा अहोरात्र खटिएर काम गरिरहेका राष्ट्रसेवकहरूको मनोवल उच्च राख्ने तथा उनीहरूको स्वास्थ सुरक्षामा पनि हेलचेक्रयाँई नगर्न भनिएको छ।
" /> काठमाडौं। नागरिक अगुवाहरूले जनता भान्छाघर चलाउन माग गरेका छन्।कोभिड-१९ महामारीका सम्बन्धमा नागरिकस्तरबाट सरकारको ध्यानाकर्षण गराउँदै आज जारी गरिएको अपीलमा शहरी क्षेत्रमा भोकमरीको अवस्था आउन नदिन आवश्यक स्थान तोकेर स्थानीय तह, समुदाय र गुठीहरूको संयोजनमा स्वास्थमा असर नपर्ने गरी जनता भान्छाघर सञ्चालन गरी दुईछाक खाने प्रबन्ध गर्न माग गरिएको हो।

">