कैलाली। सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका कोरोना भाइरस संक्रमित व्यक्ति एक साताअघि दुबईबाट दिल्ली हुँदै काठमाडौं आएको खुलेको छ।
फ्लाइ इमिरेट्स्को ईके ०१५० नम्बरको उडानबाट ६ चैतमा दुबईबाट दिल्ली आएका उनी त्यहाँबाट ७ चैतमा एअर इन्डियाको जहाजबाट काठमाडौं पुगेका थिए।
७ चैतमा नै काठमाडाैंबाट धनगढीको टिकट नपाएपछि उनी काठमाडाैंमै बसे।
८ चैतमा दिउँसो १२ बजे बुद्ध एअरको नियमित उडानबाट नेपालगञ्ज झरेका उनी त्यहाँबाट माइक्रो चढेर धनगढी पुगेको बताइएको छ।
उनीसँगै दुबईबाट झापाका एक जना पनि एउटै उडानबाट नेपाल आएका थिए।
कोभिड–१९ को लक्षण देखिएपछि उनी काठमाडौंबाट पुगेको तीन दिनपछि ११ चैतमा सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुगेका थिए। त्यही दिन उनी सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका थिए।
आइसोलेसनमा राखिएपछि उनको थ्रोट स्वावको नमूना परीक्षणका लागि काठमाडाैंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुर्याइएको थियो।
आज उनको थ्रोट स्वावको नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजै पत्रकार सम्मेलनमार्फत् उनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको थियो।
धनगढी उपमहानगरपालिका-५ हसनपुरका ३४ वर्षीय ती व्यक्तिमा कोरोना भाइरसको संक्रमण पाइएपछि प्रहरीले उनका परिवारका सबै व्यक्तिलाई आसोलेसनमा राख्ने तयारी गरेको छ।
नेपालमा यसअघि तीन व्यक्तिमा कोभिड–१९ भेटिएको थियो। तीमध्ये एकजना निको भएर घर फर्किसकेका छन् भने दुई जनाको उपचार भइरहेको छ।
" /> कैलाली। सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका कोरोना भाइरस संक्रमित व्यक्ति एक साताअघि दुबईबाट दिल्ली हुँदै काठमाडौं आएको खुलेको छ।फ्लाइ इमिरेट्स्को ईके ०१५० नम्बरको उडानबाट ६ चैतमा दुबईबाट दिल्ली आएका उनी त्यहाँबाट ७ चैतमा एअर इन्डियाको जहाजबाट काठमाडौं पुगेका थिए।

">