गाउँपालिकाले मजदुरलाई खाद्यान्न दिने <p>दैनिक ज्यालादारीमा जीवन निर्वाह गर्ने मजदुरहरूलाई राहत दिनुपर्ने माग आइरहेको बेलामा प्यूठानको नौबहिनी गाउँपालिकाले पहलकदमी लिएको छ। आफ्नो क्षेत्रभित्र बसोबास गर्ने मजदुरका परिवारलाई एक महिनाका लागि खाद्यान्न उपलब्ध गराउने घोषणा गाउँपालिकाले गरेको छ।</p> <p>कार्यपालिका सदस्य र कर्मचारीको शुक्रबार भएको आकस्मिक बैठकबाट त्यस्तो निर्णय लिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले जानकारी दिए।&nbsp;</p> <p>उनका अनुसार गाउँपालिकाले वडाध्यक्षमार्फत आठ वटै वडाका ज्यालादारी मजदुरीको लगत स&zwnj;कलन गरी खाद्यान्न दिने छ। शर्माका अनुसार परिवारका सदस्य हेरी २५ देखि ५० किलोसम्म चामल र पाँच किलो दाल दिइनेछ ।&nbsp;</p> <p>उक्त गाउँपालिकाले देश बाहिरबाट आएका व्यक्तिको लगत संकलन पनि गरेको छ । पालिकाका आठ वडामा एक सय ५० जना भित्रिएको स्वास्थ्य शाखा प्रमुख शर्माले बताए। विदेशबाट आएका व्यक्तिलाई होम क्&zwj;वारेन्टाइनमा बस्न आग्रह गरिएको उनले जानकारी दिए। रासस</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्