झापामा ३२१ शय्याका क्वारेन्टाइन

कोरोना संक्रमणबाट बच्‍न झापामा तीन सय २१ शय्‍याका क्‍वारेन्टाइनहरू निर्माण गरिएको छ । तीमध्ये सबैभन्दा बढी बिर्तामोड नगरपालिकाले ९० शय्‍याको क्‍वारेन्टाइन तयार पारेको छ।

बिर्तामोड नगर प्रमुख ध्रुवकुमार शिवाकोटीका अनुसार मेची आँखा अस्पताल र कञ्‍चनजंघा हेल्थ इन्स्टिच्युट एण्ड नर्सिङ कलेजमा ती क्‍वारेन्टाइन तयार भएका छन् । भारत र तेस्रो मुलुकबाट आएका १७ जनालाई होम क्‍वारेन्टाइनमा राखिएको छ।

मेची नगरपालिकामा ७० शय्‍याको क्‍वारेन्टाइन निर्माण गरिएको छ। तिनमा भारत र तेस्रो मुलुकबाट आएका मानिसलाई राखिएको छ। मेचीनगरपालिकामा अहिले २४ जना क्‍वारेन्टाइनमा छन् भने एक सय दुर्इ जना होम क्‍वारेन्टाइनमा छन्।

यस्तै, भद्रपुर नगरपालिकामा ३२ शय्‍याको क्‍वारेन्टाइन निर्माण गरिएको छ। दमक नगरपालिकामा २४ र शिवसताक्षीमा १६ शय्‍याको क्‍वारेन्टाइन निर्माण गरिएको छ। कचनकवल गाउँपालिकामा १४, कमल गाउँपालिकामा १३ र अर्जुनधारा नगरपालिकामा १२ शय्‍याको क्‍वारेन्टाइन निर्माण गरिएको छ।

बुद्धशान्ति गाउँपालिका, झापा गाउँपालिका, गौरादह नगरपालिका, बाह्रदशी गाउँपालिका र कनकाई नगरपालिकामा १०-१० शय्‍याको क्‍वारेन्टाइन बनाइएको छ। झापाभर तीन सय ३१ जना होम क्‍वारेन्टाइन र ५४ जना क्‍वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्