कोभिड-१९ कोषमा निजामती कर्मचारी संगठनको पाँच लाख सहयोग <p>काठमाडौं। सत्तारुढ नेकपा निकट कर्मचारीहरूको संगठन नेपाल निजामती कर्मचारी संगठनले कोभिड-१९ को सरकारी कोषमा पाँच लाख रूपैयाँ सहयोग गर्ने भएको छ।</p> <p>हिजो, १४ चैतमा विज्ञप्ति निकाल्दै संगठनले उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूलाई पीपीईको व्यवस्था गर्न पनि माग गरेको छ।</p> <p>महासचिव रेवन्त गौतमद्वारा हस्ताक्षरीत विज्ञप्तिमा संकटको यो घडिमा सबै मिलेर कोरोना भाइरस संक्रमणको जोखिमविरुद्ध सामना गर्न भनिएको छ।</p> <p>कोभिड-१९ फैलन नदिन सरकारले लागू गरेको लकडाउनको यो समयमा आफ्नो जिम्मेवारी र सचेतनामूलक कार्य संचालन गर्न राष्ट्रसेवक कर्मचारी तयार रहेको संगठनले जनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्