इङ्लिस क्लबहरूका लागि कठिन निर्णय आउन सक्ने
<p>काठमाडौं। प्रियिमर लिग, इएफएल र व्यावसायिक फुटबलर एसोसिएसनले कोरोना भाइरस संक्रमणले इङ्लिस फुटबलमा पारेको आर्थिक प्रभावबारे चाडै कठोर निर्णय लिनुपर्ने बताएका छन्। </p>
<p>कम्तिमा पनि अप्रिल ३० सम्मका लागि सम्पुर्ण खेल स्थगित गरिएका छन्। र सुरक्षित अवस्था भएपछिमात्र खेल सचारू हुन सक्छ। प्रियिमर लिग, इएफएल र पिएफए विश्वस्त छ की ‘खेल सुचारू गर्दा सबैलाई भाइरस सर्न सक्छ।’ उनीहरूले भनेका छन्, ‘‘हामी सबै मिलेर समास्याको समाधान निकाल्न तयार छौं।’’ </p>
<p>लिग, क्लबहरू तथा समर्थक र स्टाफहरूले भोग्नु परेको यो कठिन परिस्थितीको सामना गर्न सयुक्त योजना तय गर्नका लागि अर्को साता बैठक बस्दैछ। प्रिमियर लिगको भने ३ अप्रिलमा बैठक बस्दैछ। सम्भवत त्यस बैठकले ३० अप्रिलसम्म स्थगित गरिएको खेलहरू थप समयका लागि स्थगित गर्नेछ। </p>
<p>बायर्न र बोरूसिया डर्टमण्डका खेलाडीहरू तलब कटौती गर्न सहमत भइसकेका छन्। प्रिमियर लिग र इएफएलको बाँकी सिजन के हुने भन्ने अन्यौल रहँदा इङ्ल्यान्ड फुटबल संघले लिगबाहेकका अन्य प्रतियोगिता रद्द गर्न भनेको छ। ३० भन्दा धेरै क्लब बढुवा र रेलिगेशन नहुने निर्णयको चुनौती सामना गर्ने मनस्थितीमा छन्। </p>
प्रतिक्रिया दिनुहोस्