मेडिकल सामग्री लिन नेपाल एअरलाइन्सको वाइडबडी चीन जाँदै

काठमाडौं। कोभिड-१९ को उपचार तथा परीक्षणमा प्रयो हुने मेडिकल सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को वाइडबडी जहाज आज मध्यान्ह चीन जाँदैछ।

चीनबाट ल्याउने मेडिकल सामग्री करीब ३० टन रहेको बताइएको छ।

जहाजमा कोभिड-१९ परीक्षण गर्ने किट र पिपीइलगायतका औषधिजन्य सामग्री ल्याइनेछ।

निगमका अनुसार वाइडबडी ए-३३० जहाज त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलबाट मध्याह्न साढे १२ बजे चीनको ग्वाङ्जाओ पठाउने तयारी छ।

मेडिकल कार्गो उडान भर्न निगमको वाइडबडी जहाजले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइसकेको छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले निगमको वाइडबडी जहाज ग्वाङ्जाओ पठाउने सबै प्रक्रिया पूरा भएको जानकारी दिँदै।

आजै राति साढे १० बजे चीनबाट मेडिकल सामग्री लिएर जहाज काठमाडौं फर्कने निगमका अपरेशन विभाग प्रमुख क्या. दिपु ज्वार्चनले बताए।

मेडिकल सामान लिन जाने यो कार्गो उडानमा चालक दलसहित १० प्राविधिक जनशक्ति खटिने छन्।

कोभिड-१९ फैलिन नदिन सरकारले आन्तरिक हवाई उडान बन्द गरेपनि उद्धार, राहतलगायतका अत्यावश्यक हवाई सेवा खुला रहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्