लुक्लामा अलपत्र परेका पर्यटकको उद्धारको लागि आज नौ वटा उडान हुने
काठमाडौं। लकडाउनका कारण अलपत्र परेका विदेशी नागरिकको उद्धारको लागि लुक्लामा नौ वटा उडान हुँदैछ।

आज दिनभर काठमाडौं-लुक्ला-काठमाडौं तीनवटा जहाजले उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले देखापढीलाई बताए।

"नेपाल वायुसेवा निगमको पाँच वटा, तारा एअरले तीन र समिट एअरको एक वटा उडानले पर्यटकहरूको उद्धार गर्ने  तालिका छ। दिभरजसो नै उडान हुन्छ", क्षेत्रीले भने।

१२ र १३ चैतमा पनि पोखरा, लुक्लाबाट तारा एअर र बुद्ध एअरको जहाजले पर्यटकहरूको उद्धार गरेको थियो।

कोभिड-१९ फैलन नदिन सरकारले ११ चैतदेखि लागू गरेको लकडाउनका कारण हवाइ तथा सडक मार्ग बन्द छन्।

तर, उद्धार राहतजस्ता अत्यावश्यक कामको लागि यातायातको साधन खुला गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्