छ सयभन्दा बढी विदेशी नागरिकलाई घर लैजान कतार एअरवेजको दुई जहाज काठमाडौं आउँदै
काठमाडौं। लकडाउनका कारण अलपत्र परेका ६०० सयभन्दा बढी विदेशी नागरिकलाई उद्धार गरेर 'एअरलिफ्ट' बाट घर लैजान कतार एअरवेजको दुई वटा जहाज आज काठमाडौं आउँदैछ।
कतारको दोहाबाट आउन लागेको ती जहाजले जर्मन, फ्रान्स, स्वीसलगायतका युरोपियन यूनियनका नागरिकलाई 'रेस्क्यू' गर्ने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।
उनीहरूलाई काठमाडौंस्थित सम्बन्धित देशका दूतावासको अनुरोधमा घर फर्काउने व्यवस्था मिलाइएको हो।
कोभिड-१९ फैलिन नदिन सरकारले लागू गरेको लकडाउनका कारण नेपाल घुम्न आएका पर्यटकहरू पोखरा, लुक्ला क्षेत्रबाट विभिन्न जहाजहरूले काठमाडौं उद्धार गरेर ल्याएका थिए।
"दुवै जहाज ३०५ सीट क्षमताका छन्। मलाई प्राप्त सूचना अनुसार दुइटै जहाजका सीटहरू फूल छन्", क्षेत्रीले देखापढीसँग भने।
हिजो, १४ चैतमा पनि कतार एअरको चार्टर्ड विमानले जर्मन र युरोपेली यूनियनका नागरिकलाई उद्धार गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्