ज्यालादारी श्रमिकहरूको लागि राहत कोष स्थापना गर्ने इटहरी उपमहानगरपालिकाको निर्णय
इटहरी। इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका दैनिक रोजगारीमा जिविका चलाइरहेका न्यून आय भएका व्यक्तिहरूको लागि राहत प्याकेजको लागि गृहकार्य थालेको छ।

देशभर लागू भएको लकडाउनका कारण ती विपन्न वर्गको रोजिरोटीमा समस्या भएको भन्दै राहत प्याकेजको गृहकार्य थालिएको इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत कृष्णप्रसाद चापागाईले जानकारी दिए।

त्यसका लागि स्थानीय तह प्रकोप व्यवस्थापन कोष स्थापना गरिएको छ।

सो कोषमा कार्यपालिका सदस्यहरुले एक महिनाको सुविधा वापतको रकम र कर्मचारीहरूले सात दिनको तलब वापतको रकम जम्मा गर्ने छन्।

उद्योगी, व्यापारी र देशविदेशमा रहेका नगरवासीहरूलाई पनि रकम जम्मा गर्न अनुरोध गरिएको छ।

आज बसेको आकस्मिक कार्यपालिकाको वैठकले न्यून आय भएका व्यक्तिहरूको लगत संकलन गरी पठाउन सबै वडालाई अनुरोध गरिएको छ।

सम्बन्धित वडा समितिले सिफारिस गरेको नामावलीको आधारमा वडा कार्यालयबाटै राहत वितरण गरिने इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताइन्।

कार्यपालिकाको वैठकले लकडाउन अवधिभर आधा महीनाको घरभाडा छुट गरिदिन घरधनीहरूसँग अनुरोध गर्ने निर्णय गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्