मध्यपश्चिम यातायात प्रालिको बा३ख ५२१६ नम्बर फोर्स गाडीबाट खसेर भेरीगङ्गा नगरपालिका–४ का यमबहादुर खत्रीको घटनास्थलमा नै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक खत्री काँक्रेविहार यातायात प्रालिको ना७ख २०५८ नम्बरको फोर्स गाडीका धनी हुन्।
लिफ्ट मागी आउने क्रममा गाडीको ढोकाबाट एक्कासि सडकभन्दा अन्दाजी एक सय मिटर तल खस्न गई उनको मृत्यु भएको प्रहरीले जनाएकाे छ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले गाडी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताएका छन्।
सुर्खेत प्रहरीले एक अर्का चालकलाई पनि नियन्त्रणमा लिएको छ ।
१९ असोजमा कालीकोटबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०७ नम्बरकाे फोर्स गाडीले घण्टाघरमा पैदल यात्री वीरेन्द्रनगर–१२ का ५५ वर्षीय हर्कबहादुर रोकायलाई ठक्कर दिएको थियो।
गम्भीर घाइते रोकायको लखनऊमा उपचारका क्रममा २४ असाेजमा मृत्यु भएपछि प्रहरीले उक्त गाडीका चालक दैलेख ठाटीकाँधका २७ वर्षीय मीनबहादुर तिरुवालाई नियन्त्रणमा लिएको हो। रासस
" /> मध्यपश्चिम यातायात प्रालिको बा३ख ५२१६ नम्बर फोर्स गाडीबाट खसेर भेरीगङ्गा नगरपालिका–४ का यमबहादुर खत्रीको घटनास्थलमा नै मृत्यु भएको हो।

">