नेपालमा ८०२ नमूना परीक्षणमा चारलाई कोभिड-१९, परीक्षण र संक्रमितको अनुपातमा नेपाल राम्रो अवस्थामा
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट पहिलो संक्रमित भेटिएको २३ जनवरी यताका दुई महीना चार दिनमा हिँजोसम्म चार जना संक्रमित भेटिएका छन्। यसबीचमा ८०२ जनाको नमूना परीक्षण गरिएको छ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण नफैलिएको हो वा पर्याप्त परीक्षण गरिनसकिएका कारण संक्रमितको ठूलो संख्या नदेखिएको हो भन्नेबार फरक-फरक विचार आएका छन्। केहीअघि डा. सुन्दरमणि दीक्षितले परीक्षण नै नगरिएका कारण संक्रमित नदेखिएका र नेपालमा भित्रभित्र यो रोग (कोभिड-१९) फैलिसकेको अभिव्यक्ति दिएपछि त त्यसले ठूलै तरङ्ग ल्याइदियो।

नेपालमा पर्याप्त परीक्षण हुन नसकेको, संक्रमित देखिएका व्यक्ति र उनीहरूको सम्पर्कमा आएका सबैजनालाई क्वारेन्टाइनमा नराखिएको र उनीहरू सबैको नमूना परीक्षण नभएको सत्य हो, यद्यपी परीक्षण गरिएकामध्ये कोरोना भाइरसको संक्रमित देखिएको दर भने नेपालमा अन्यत्रको भन्दा कम छ।

२७ मार्चसम्मको तथ्यांकअनुसार तीन लाख ९४ हजार जनाको नमूना परीक्षण गरेको इटलीमा ८ हजार ५०० जनामा संक्रमण देखिएको छ, जुन करीब २२ प्रतिशत हो। त्यस्तै भारतले २६ हजार ७९८ जनाको परीक्षण गरेकोमा ९०२ जना संक्रमित देखिएका छन् जुन तीन प्रतिशत भन्दा अलिकति बढी हो। परीक्षण गरिएको नमूना र संक्रमित व्यक्तिको अनुपात करीब १६ प्रतिशत छ।

नेपालमा परीक्षण गरिएका नूमना र त्यसमध्येका संक्रमित व्यक्तिको अनुपात एक प्रतिशत भन्दा पनि कम छ। ८०२ जनामा परीक्षण गरिएकोमा चार जना मात्र संक्रमित पाइएको छ, जुन ०.४९८ प्रतिशत हो। यो प्रति १० लाख परीक्षणमा चार हजार ९८७ संक्रमितको अनुपात हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्