बिरामीको नमूना लिन अर्को जहाज नेपालगञ्ज जाँदै

काठमाडौं। नेपालगञ्‍जमा बिरामीको नमूना लिनको लागि नेपाल एअरलाइन्सको अर्को जहाज जाने भएको छ।

कोरोना भाइरस संक्रमितको आशंका भएका विरामीको थ्रोट स्वाबको नमूना लिन नेपालगञ्ज गएको विमान नेपालगञ्ज विमानस्थलमा सामान्य दुर्घटनामा परेको छ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले तुरून्त अर्को जहाज पठाउन लागिएको बताए।

उनले भने, बिरामीका नमुना लिन गएको नेपाल एयरलाईन्सको जहाज नेपालगन्जमा सामान्य दुर्घटना भएको छ। नमुना लिन अर्को जहाज तुरुन्त जाँदै छ।”

असामान्य अवस्थामा काम गर्नेे चालकदलका सदस्य र कर्मचारीलाई भट्टराईले धन्यवाद दिएका छन्।

प्रतिक्रिया दिनुहोस्