काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहालले गरीब र असहायको सहयोगमा हात फुकाउन निजी क्षेत्रलाई आह्वान गरेका छन्।
आज फेसबुक लाइभमार्फत् जारी अपिलमा अध्यक्ष दाहालले गर्दै कोभिड–१९ का कारण देश लकडाउनको अवस्थामा रहेका बेला विपन्न वर्गका नागरिकको सहयोगमा जुट्न आह्वान गरेका हुन्।
“ज्याला मजदुरी गरेर खाने वर्गहरूको आवश्यक राहत र सहयोगको प्याकेजमा सरकारको ध्यान जानेनै छ”, उनले भने। सातै प्रदेशमा उपकरणको व्यवस्थामा राज्यका तर्फबाट जोड दिन आवश्यक रहेको दाहालको भनाइ छ।
यस्तै नेकपाका नेता, कार्यकताहरूलाई स्वयंसेवीका रूपमा काम गर्न उनले आग्रह गरेका छन्। दाहालले घरमै बसेर आफू र परिवारको रक्षा गर्न सम्पूर्ण नागरिकमा अपिलसमेत गरेका छन्। “नेपाल सरकार र जनताले सावधानी अपनाएकोमा धन्यवाद”, उनले भने, “संक्रमण फैलन नदिन अझ सतर्कता आवश्यक छ।”
यो अवस्थामा अग्रमोर्चामा रहेका चिकित्सक, स्वस्थ्यकर्मी र सुरक्षा निकायको उच्च मनोबलका साथ काम गर्न दाहालले अपिल गरेका छन्। साथै स्वास्थ्यकर्मी, सञ्चारमाध्यम, सुरक्षाकर्मी, कर्मचारीहरूको क्रियाशीलको प्रशंसा पनि उनले गरे।
विश्व महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दाहालले उनीहरूका परिवारप्रति समवेदना प्रकट गरेका छन्।
साथै उनले नेपाललगायत विश्वभरका संक्रमितहरूको स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।
" /> काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहालले गरीब र असहायको सहयोगमा हात फुकाउन निजी क्षेत्रलाई आह्वान गरेका छन्।आज फेसबुक लाइभमार्फत् जारी अपिलमा अध्यक्ष दाहालले गर्दै कोभिड–१९ का कारण देश लकडाउनको अवस्थामा रहेका बेला विपन्न वर्गका नागरिकको सहयोगमा जुट्न आह्वान गरेका हुन्।

">