ललितपुर। ललितपुर महानगरपालिकाकाले दैनिक श्रम गरेर खानुपर्ने श्रमिक र उनीहरूको परिवारका लागि राहत दिने भएको छ।
विश्वव्यापी कोरोना भाइरसको संक्रमण फैलन सक्ने खतरालाई मध्यजनजर गर्दै सरकारले लागू गरेको लकडाउनको निर्णयका कारण दैनिक श्रम गरेर खानुपर्ने श्रमिक र उनीहरूको परिवारको जीवनयापन कठिन भएपछि महानगरले राहत दिने निर्णय गरेको हो।
लकडाउनको अवस्थामा महानगरपालिकाभित्र कोही पनि भोकै बस्न नपरोस् भनेर यस्तो निर्णय गरिएको महानगरका प्रवक्ता राजु महर्जनले बताएका छन्।
‘समस्यामा पर्नु भएका नगरवासीलाई आफ्नो वडाको वडा अध्यक्ष तथा वडा सदस्यहरूलाई सम्पर्क गर्न अनुरोध गरिन्छ’, महानगरले भनेको छ।
त्यस्ता श्रमिकको स्थिति अनुसार राहतको व्यवस्था वडा कार्यालयले महानगरपालिकाको समन्वयमा मिलाउनेछ।
राहतअभियानमा ललितपुर महानगरपालिकालाई साथ दिन महानगवासी, सामाजिक र व्यवसायिक संघसंस्थालाई अनुरोध समेत गरिएको छ।
‘आवश्यकता अनुसार ललितपुर महानगरपालिका संघीय सरकार, प्रदेश सरकार तथा अन्य महानगरपालिका र नगरपालिकासँग सम्पर्कमा रहनेछ’, प्रवक्ता महर्जनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
" /> ललितपुर। ललितपुर महानगरपालिकाकाले दैनिक श्रम गरेर खानुपर्ने श्रमिक र उनीहरूको परिवारका लागि राहत दिने भएको छ।विश्वव्यापी कोरोना भाइरसको संक्रमण फैलन सक्ने खतरालाई मध्यजनजर गर्दै सरकारले लागू गरेको लकडाउनको निर्णयका कारण दैनिक श्रम गरेर खानुपर्ने श्रमिक र उनीहरूको परिवारको जीवनयापन कठिन भएपछि महानगरले राहत दिने निर्णय गरेको हो।

">