काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९) को जोखिम नियन्त्रण उपचार तथा व्यवस्थापन गर्न ४० करोडको राहत कोष निर्माण गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले कोष स्थापना गरेको हो। अहिले प्रदेश सरकारले ४० करोड बजेट विनियोजन गरेर कोष स्थापना गरेको छ। प्रदेश सरकारले निजी क्षेत्र लगायत सबैलाई कोषमा सहभागिता जनाउना आह्वान समेत गरेको छ।
आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले आजको मन्त्रिपरिषद् बैठकले तीन स्थानमा नमूना प्रयोगशाला स्थापना गर्ने निर्णय पनि गरेको बताए। कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै तीनवटा स्थानमा परीक्षण प्रयोगशाला स्थापना गर्न लागिएको उनले जानकारी दिए।
जसअनुसार धनगढीमा रहेको सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पतालका रूपमा अघि बढाउँदै अत्याधुनिक प्रयोगशालासमेत बनाइने भएको छ।
कैलाली र कञ्चनपुरका लागि सेती प्रादेशिकमा र डडेल्धुरा, डोटी, अछाम र बाजुराका लागि डोटीमा प्रयोगशाला स्थापना गरिने भएको छ। त्यस्तै दार्चुला, बैतडी र बझाङका लागि बैतडीमा नमूना परीक्षण गर्न प्रयोगशाला बनाउने प्रदेश सरकारले निर्णय गरेको छ।
आजको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेशमा दैनिक ज्यालादारीमा मजदुरी गर्ने वर्गले अहिले मजदुरी गुमाएकाले उनीहरूलाई आवश्यक राहत उपलब्ध गराउनेसमेत निर्णय गरेको छ।
आवश्यक मापदण्ड बनाएर ज्यालादारी मजदुरका लागि राहत उपलब्ध गराउने प्रदेश सरकारले निर्णय गरेको मन्त्री बोहराले बताए।
प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिनका लागि अन्य विशेष कार्यक्रमसहित अघि बढ्ने निर्णयसमेत गरेको छ।
" /> काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९) को जोखिम नियन्त्रण उपचार तथा व्यवस्थापन गर्न ४० करोडको राहत कोष निर्माण गरेको छ।आज बसेको मन्त्रिपरिषद्को बैठकले कोष स्थापना गरेको हो। अहिले प्रदेश सरकारले ४० करोड बजेट विनियोजन गरेर कोष स्थापना गरेको छ। प्रदेश सरकारले निजी क्षेत्र लगायत सबैलाई कोषमा सहभागिता जनाउना आह्वान समेत गरेको छ।

">