सिद्धार्थ बैंकले सुदूरपश्चिम प्रदेशलाई दियाे १० लाख
<p>कैलाली। धनगढीस्थित सिद्धार्थ बैंकले कोरोना भाइरसको रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई १० लाख रूपैयाँ सहयोग गरेको छ।</p>
<p>विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको थप संक्रमण फैलिन नदिन तथा रोकथामका लागि बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालयले सहयोग हस्तान्तरण गरेको हो।</p>
<p>आज सिद्धार्थ बै‌ंकका प्रादेशिक कार्यालयका प्रबन्धक पवनचन्द्र अधिकारी र धनगढी शाखाका प्रबन्धक नितेश श्रेष्ठले संयुक्तरूपमा उक्त रकम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरेका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्