नेपालगञ्ज। विश्वव्यापी महामारी बनेको कोभिड-१९ बाट जोगिन देशैभर बन्दाबन्दी (लकडाउन) गरिएपछि शुरू भएको उपभोग्य वस्तुको संकटलाई ध्यानमा राखेर नेपालगञ्जमा घरघरमै तरकारी आपूर्ति गर्न थालिएको छ।
स्थानीय ग्रीन एन्ड क्लिन कम्पनीले 'तुरुन्त' नाममा आजदेखि यो सेवा शुरू गरेको हो।
कम्पनीका प्रमुख ऋषि पोखरेलले शहरमा तरकारीको अभाव शुरू हुन थालेपछि मानवीय सेवालाई समेत ध्यानमा राखेर यो सेवा शुरू गरिएको देखापढीलाई बताए।
“घरमै बसौं सुरक्षित रहौं भनेर हामीले नेपालगञ्ज नगरवासीलाई घर, टोलमै तरकारी आपूर्ति गर्ने निधो गरेका हौं”, उनले भने, “गाउँ-गाउँ पुगेर किसानबाट तरकारी उठाउँछौं र यहाँ ल्याएर रानीतलाऊ मण्डी (तरकारीको स्थानीय थोकबजार)को मूल्यमा ग्राहकलाई दिन्छौं।”
'तुरुन्त' सेवाअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडामा पुगेर तरकारी बिक्री गर्ने गरिएको छ। तोरी, रायो, पालक साग, धनियाँ, आलु, प्याज, मुला, काँक्रालगायतका तरकारीसँगै अब अर्डरअनुसार अन्य उपभोग्य सामग्रीसमेत उपलब्ध गराइने पोखरेलले बताए।
" /> नेपालगञ्ज। विश्वव्यापी महामारी बनेको कोभिड-१९ बाट जोगिन देशैभर बन्दाबन्दी (लकडाउन) गरिएपछि शुरू भएको उपभोग्य वस्तुको संकटलाई ध्यानमा राखेर नेपालगञ्जमा घरघरमै तरकारी आपूर्ति गर्न थालिएको छ।स्थानीय ग्रीन एन्ड क्लिन कम्पनीले 'तुरुन्त' नाममा आजदेखि यो सेवा शुरू गरेको हो।

">