कञ्चनपुर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भोलि, १६ चैतदेखि तरकारी बिक्री वितरण समेत गर्न नपाइने बताएको छ।
मानिसहरूको अनावश्यक भीडभाडले कोभिड-१९ को संक्रमण जोखिम बढेको भन्दै प्रशासनले तरकारीको बिक्री वितरणमा रोक लगाएको हो।
यसअघि बिहान ५ बजेदेखि ७ बजेसम्म सब्जी मण्डीहरूबाट तरकारीको बिक्री वितरण हुँदै आएको थियो।
सब्जी मण्डीहरूमा अनावश्यक भीडभाडले कोभिड–१९ महामारी संक्रमणको जोखिम बढ्दै गएकाले अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाभरका सम्पूर्ण तरकारी बजार पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रशासनले जारी गरेको सूचनामा भनिएको छ।
“तरकारी पसलमा बढी भीड हुन थालेपछि रोकिएको हो। खाद्य पसलमा त्यति धेरै भीड हुँदैन। यदि त्यसमा पनि भीड बढ्न थाल्यो भने त्यो पनि रोक्छौं”, प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले देखापढीसँग भने, “शुरूमा तरकारी पसलमा त्यसरी भीड होला भन्ने सोचेका थिएनौं। भीड नियन्त्रण गर्न गाह्रो भएपछि रोक लगाउन बाध्य भयौं।”
भीड नगरेर फाट्टफुट्ट किनबेच भएको खण्डमा भने त्यसमा धेरै कडाइ नगर्ने प्रजिअ खतिवडाले बताए।
त्यस्तै, मदिरा पसलहरू लुकिछिपी खोलिएको भन्ने सूचना आएको भन्दै तत्काल उक्त कार्य बन्द गर्न निर्देशन दिइएको छ।
प्रशासकीय प्रमुख कृष्णानन्द जोशीले सूचना जारी गर्दै सूचनाको अवज्ञा नगर्न मदिरा पसलधनीलाई चेतावनी दिएका छन्।
जिल्ला प्रशासन कार्यालयले बैंकर्स क्लब महेन्द्रनगरले बैंक खुला गर्नका लागि मागेको अनुमति समेत खारेज गरेको छ।
हालको अवस्थामा जिल्लामा कुनै बैंक तथा वित्तीय संस्था खोल्न आवश्यक नदेखिएको भन्दै अर्को आदेश नभएसम्मका लागि बैंक तथा वित्तीय संस्था नखोल्न निर्देशन दिएको हो।
खुला सीमा तथा भारतबाट धेरै नेपाली घर फर्किएको सन्दर्भमा मानिसको आवतजावत बढ्दा कोभिड–१९ संक्रमणको जोखिम बढ्न सक्ने भन्दै लकडाउनलाई कडाइका साथ लागू भइरहेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद अवस्थीले बताए।
" /> कञ्चनपुर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भोलि, १६ चैतदेखि तरकारी बिक्री वितरण समेत गर्न नपाइने बताएको छ।

">