सुर्खेत। कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण कार्यका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको ‘प्रदेश विपद् व्यवस्थापन कोष’मा सिद्धार्थ बैंकले १० लाख रकम योगदान गरेको छ।
विश्वलाई आक्रान्त पार्नेगरी संक्रमण फैलिएको कोरोना भाइसलाई कर्णाली प्रदेशमा संक्रमण हुन नदिन र सम्भावित बिरामीलाई उपचारमा सहयोग पुर्याउन केहीदिन अघि कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरि सिद्धार्थ बैंकको तर्फबाट आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैंकका प्रदेश कार्यालय प्रमुख रञ्जन कोइरालाले १० लाखको चेक हस्तान्तरण गरेका हुन्।
यस्तैगरी, नौमुले गाउँपालिका–३, द्वारी दैलेखका पदमबहादुर विश्वकर्माले व्यक्तिगत रूपमा उक्त कोषमा ५१ हजार रूपैयाँ प्रदान गरेका छन्। उनले पनि ५१ हजार रूपैयाँको चेक मुख्यमन्त्री शाहीलाई हस्तान्तरण गरे।
विश्वव्यापी रूपमा मानव जातिका विरुद्ध आइपरेको कोरोना संकट अन्त्य गर्न निजी क्षेत्रबाट भएको योगदानप्रति मुख्यमन्त्री शाहीले सिद्धार्थ बैंक र विश्वकर्मालाई धन्यवाद व्यक्त गरेका छन्।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले ५० करोडको कोष स्थापना गरेको छ।
" /> सुर्खेत। कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण कार्यका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको ‘प्रदेश विपद् व्यवस्थापन कोष’मा सिद्धार्थ बैंकले १० लाख रकम योगदान गरेको छ।विश्वलाई आक्रान्त पार्नेगरी संक्रमण फैलिएको कोरोना भाइसलाई कर्णाली प्रदेशमा संक्रमण हुन नदिन र सम्भावित बिरामीलाई उपचारमा सहयोग पुर्याउन केहीदिन अघि कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरि सिद्धार्थ बैंकको तर्फबाट आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको हो।

">