एनसेलकाे नेटवर्कमा ‘स्टेहोम’ सिग्नल
<p>काठमाडौं। सामाजिक दुरी कायम राख्नका लागि प्रोत्साहन गर्दै एनसेलले आफ्नो नेटवर्कको नामको सट्टामा ‘स्टेहोम’ अर्थात घरमै बसौं भन्ने सन्देश राखेको छ।</p>
<p>यो सन्देश स्मार्टफोनमा नेटवर्क सिग्‍नल देखिने ठाउँसँगै देखिन्छ। </p>
<p>अहिले विश्वभर कोरोनाभाइरस महामारी फैलिएको संकटको अवस्थामा स्मार्टफोन प्रयोगकर्ताहरुलाई घरमै बस्न प्रोत्साहित गर्न कम्पनीले यस्तो सन्देश राख्ने निर्णय गरेको एनसेलले बताएको छ।</p>
<p>स्मार्टफोनको फरक फरक विषेशता हुने र सेटिङ्गसँग सम्बन्धित कारणले गर्दा सबै प्रकारका स्मार्टफोनमा यो सन्देश नदेखिन सक्ने एनसेलले बताएको छ।</p>
प्रतिक्रिया दिनुहोस्