राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना भाइरसको संक्रमण

संयुक्त राष्ट्रसंघका विभिन्न देशमा खटिएका ८६ कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन्।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरू पनि भएका हुन्।

राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार संक्रमितमध्ये अधिकांश युरोपेली मुलुकमा खटिएका कर्मचारी छन्। त्यसैगरी अफ्रिका, एशिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि संक्रमित भएका छन्।

बिरामी भएकामध्ये अधिकांश सामान्य अवस्थामा रहेको पनि उनले जानकारी दिए। उनीहरूले घरबाटै काम गरिरहेको पनि प्रवक्ता डुजारिकको भनाइ छ।

राष्ट्रसंघको जेनेभास्थित कार्यालयमा झन्डै चार हजार कर्मचारीमध्ये ७० जनाले कार्यालयमा रहेर काम गरेका छन्।

त्यसैगरी भियनामा ९७ प्रतिशतभन्दा बढी राष्ट्रसंघका कर्मचारीले अहिले नियमितरूपमा टाढा बसेर काम गरिरहेका छन्। अडिस आबाबा र इथोपियाका ९९ प्रतिशत कर्मचारीले घरमै बसेर काम गरेका छन्। (रासस/एपी)

प्रतिक्रिया दिनुहोस्