नेपालमा कोरोना भाइरस संक्रमित विरामीको उपचारमा खट्ने स्वास्थ्यकर्मीले लगाउने प्रोटेक्टिभ क्लथको अभाव भएपछि राष्ट्रिय आविष्कार केन्द्रले यसको उत्पादनको पहल थालेको थियो।
आविष्कार केन्द्रले प्रोटेक्टिभ क्लथ उत्पादन गर्ने बताएपछि त्रिवि शिक्षण अस्पताल र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रोटेक्टिभ क्लथको नमूना पठाइदिएको र त्यसैको आधारमा अहिले उत्पादन भइरहेको पुनले बताए।
पुनले भने, “त्रिवि शिक्षण अस्पताल र धरान अस्पतालले नमूना पठाइदिएपछि त्यसैको आधारमा प्रोटेक्टिभ क्लथ तयार गर्याै र डा. भगवान कोइरालालाई उहाँको घरमै गएर देखायौं। कोइरालाले अहिले संकटको बेलामा यत्तिको भए हुन्छ भनेपछि उत्पादन थालेका हौं।”
आविस्कार केन्द्रले प्रोटेक्टिभ क्लथ उत्पादन थालेपछि देशभरबाट माग भइरहेको उनले जानकारी दिए। तर, अहिले भने क्वारेन्टाइन बनाइएको ठाउँमा मात्रै प्रोटेक्टिभ क्लथ पठाउन सक्ने उनले बताए। “भोलिबाट प्रोटेक्टिभ क्लथको वितरण थाल्छौं। शुरूमा क्वारेन्टाइन सेन्टररूमा मात्रै दिन्छौं”, पुनले भने।
एउटा प्रोटेक्टिभ क्लथ उत्पादनको लागि अहिले एक हजार रूपैयाँ परेको र अहिलेका लागि सबै प्रोटेक्टिभ क्लथ निःशुल्क वितरण गर्न लागिएको उनले बताए। उक्त सामग्री उत्पादनको लागि अहिलेका लागि भने नेपालमा कच्चा पदार्थ पाइएको पुनले बताएका छन्।
मेडिकल काउन्सिलको खण्डन
महावीर पुनले उत्पादन गरेको प्रोटेक्टिभ क्लथलाई मेडिकल काउन्सिलले स्वीकृति नदिएको बताएको छ। केही अनलाइन सञ्चारमाध्यमहरूमा राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेको पीपीईलाई मेडिकल काउन्सिलले स्वीकृति दिएको समाचार प्रकाशन भएपछि काउन्सिलले विज्ञप्ति प्रकाशन गरेर त्यसको खण्डन गरेको छ।
“नेपाल मेडिकल काउन्सिल औषधि, उपचार उपकरण, उपचार सामाग्रीलगायतका विषयमा संबेदनसिल रहँदारहँदै पनि यो विषय काउन्सिलको कार्यक्षेत्रभित्र नपर्ने र कुनै पनि संस्था तथा निकायलाई यस विषयमा अनुमति प्रदान नगरिएको व्यहोरा अनुरोध छ”, काउन्सिलको विज्ञप्तिमा भनिएको छ।
महावीर पुनले पनि अनुमतिका लागि मेडिकल कासन्सिल नगएको बताए। उनले भने, “हामी अनुमति माग्न कहीँ गएका छैनौं। कसले हौवा फैलाइदियो थाहा छैन। डा. भगवान कोइरालालाई घरमै भेटेर प्रोटेक्टिभ क्लथको नमूना देखाएका हौं।”
पढ्नुहाेस
नेपालमै बन्न थाल्यो पीपीई (तस्वीरहरू)
" />नेपालमा कोरोना भाइरस संक्रमित विरामीको उपचारमा खट्ने स्वास्थ्यकर्मीले लगाउने प्रोटेक्टिभ क्लथको अभाव भएपछि राष्ट्रिय आविष्कार केन्द्रले यसको उत्पादनको पहल थालेको थियो।

">