काठमाडौं। कोरोना भाइरसविरुद्ध सरकारको अभियानमा सिद्धार्थ बैंकले ७० लाख रूपैयाँ सहयोग गरेको छ।
कोरोना भाइरस रोकथामका लागि प्रदेश सरकार अन्तर्गतको कोषमा १० लाखका दरले सातै प्रदेशमा सहयोग गरेको बैंकले जनाएको छ।
बैंकले देशमा यस्ता किसिमको संकट आएको बेलामा सदैव सरकार तथा नेपाली जनताको साथमा रहँदै आएको उल्लेख गरेको छ।
सरकारले गरेको अनुरोधलाई पूर्ण रूपमा पालना गर्दै बैंकले देशैभरका शाखाबाट सम्भव भएसम्मको सेवा प्रदान गर्दै आइरहेको छ।
विश्वमा देखिएको अहिलेको विषम परिस्थितसँग सामना गर्न सम्भव भएसम्म घरैमा बसी प्रविधिमैत्री सुविधाको उपयोग गर्न बैंकले ग्राहकहरूलाई आग्रह गरेको छ।
" /> काठमाडौं। कोरोना भाइरसविरुद्ध सरकारको अभियानमा सिद्धार्थ बैंकले ७० लाख रूपैयाँ सहयोग गरेको छ।कोरोना भाइरस रोकथामका लागि प्रदेश सरकार अन्तर्गतको कोषमा १० लाखका दरले सातै प्रदेशमा सहयोग गरेको बैंकले जनाएको छ।

">