काठमाडौं। कोरोना भाइरसबाट संक्रमितमध्ये पाँचौ र दोस्रो युवती ४ चैतमा एकै विमानबाट काठमाडौं आएको खुलेको छ।

पाँचौ संक्रमित बेल्जियमबाट आएकी १९ वर्षीया युवती ४ चैतमा कतार एअरवेजको फ्लाइट नम्बर क्यूआर ६५२ विमान भएर काठमाडौं आएकी थिइन्।

यसअघि दोस्रो संक्रमित फ्रान्सबाट आएकी १९ वर्षीया युवती पनि ४ चैतमा नै उक्त विमानबाट काठमाडौं पुगेकी थिइन्।

उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ।

एउटै विमानमा आएका उनीहरू दुवैकाे परीक्षणका क्रममा कोरोना भाइरस पोजेटिभ देखिएपछि उक्त विमानमा आएका अन्य यात्रुहरूमा पनि कोरोनो भाइरसको संक्रमण रहेको हुन सक्ने आशंका गरिएकाे छ।

फ्रान्सबाट आएकी युवतीमा १० चैतमा कोरोनो भाइरस पोजेटिभ देखिएको थियो। उनी दोस्रो संक्रमित हुन् भने एकै विमानमा आएकी अर्की १९ वर्षीया युवती पाँचौ संक्रमित हुन्।

४ चैतमा कतार एअरवेजमा आएका १५८ जना यात्रुहरू सबैलाई अब उच्च निगरानीमा राख्नुपर्ने देखिएको छ। दुईजना संक्रमित भइसकेपछि अन्यको स्वास्थ्य अवस्थाबारे सजग हुनुपर्ने अवस्था आएकाे छ।

तेस्रो संक्रमित युएईबाट काठमाडौं आएका थिए। चौथो संक्रमित पनि दुबई हुँदै दिल्ली र त्यसपछि काठमाडौं–नेपालगञ्ज हुँदै धनगढी पुगेका थिए।

दोस्रो र तेस्रो संक्रमितको शुक्रराज अस्पतालको आइसाेलेसनमा उपचार भइरहेको छ। चौथो संक्रमितको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

आज भेटिएकी पाँचौ संक्रमित चिकित्सकको सम्पर्कमा रहेको र उनको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

मन्त्रालयका प्रवक्ता देवकोटाले कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेका बिरामीका परिवार र उनीहरूले भेटघाट गरेका मानिसहरूको पहिचान भइरहेको बताए।

अहिलेसम्म संक्रमित भएका बिरामीहरूका परिवारलाई पनि क्वारेन्टाइनमा राखेर निगरानी गर्ने काम भइरहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ८७५ जनाको परीक्षण सकिएको छ। अहिले पनि ३२ जनाको नमूना परीक्षण भइरहेको छ। उनीहरूको अन्तिम रिपोर्ट आउन बाँकी नै छ।

टेकुस्थित शुक्रराज अस्पतालमा अहिले १० जना व्यक्तिलाई राखिएको छ। त्यसमध्ये ६ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने चारजनालाई आइसोलेसन वार्डमा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए।

डा. देवकोटाले पाँचाैं काेराेना भाइरस संक्रमित भेटिएपछि परीक्षणको दायरा बढाउनुपर्ने देखिएको बताए। उनले क्वारेन्टाइनमा बस्नुपर्ने दायरा बढाउनुपर्ने र सबैले सजग हुनुपर्ने अवस्था रहेको बताए। “सबैले घरभित्र बसेर सहयोग गर्दिनुस्। यो सरकारलाई सहयोगभन्दा पनि आफ्नै सुरक्षाका लागि हो”, प्रवक्ता डा. देवकोटाले भने, “आफ्नो परिवार, समुदायलाई सहयोग गर्ने समय हो।”

" /> काठमाडौं। कोरोना भाइरसबाट संक्रमितमध्ये पाँचौ र दोस्रो युवती ४ चैतमा एकै विमानबाट काठमाडौं आएको खुलेको छ।

"> काेराेना भाइरस संक्रमितमध्ये दोस्रो र पाँचौ व्यक्तिको काठमाडौं अवतरण एउटै विमानबाट: Dekhapadhi
काेराेना भाइरस संक्रमितमध्ये दोस्रो र पाँचौ व्यक्तिको काठमाडौं अवतरण एउटै विमानबाट

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्