उद्योगपति अग्रवालले आइसोलेसन र क्वारेन्टाइनमा राखिएकालाई खाना-खाजा उपलब्ध गराउने
कैलाली। धनगढीको आइसोलेसनमा राखिएका व्यक्तिहरूलाई उद्योगपति ओमप्रकाश अग्रवालले खाना र खाजाको व्यवस्था गर्ने भएका छन्।

आइसोलेसन तथा क्वारेन्टाइनमा राखिएका संक्रमित तथा आशंका गरिएका व्यक्तिले खाना खान नपाएको थाह पाएपछि उद्योगपति अग्रवालले उनीहरू त्यहाँ रहुञ्जेल खाना र खाजा व्यवस्था गर्ने घोषणा गरेका हुन्।

हाल आइसोलेसनमा एक जना संक्रमित छन् भने  क्वारेन्टाइनमा उनका परिवारका ९ जना सहित १४ जना रहेका छन्।

घरका सबै सदस्य क्वारेन्टाइनमा रहेकोले ती व्यक्तिलाई खाना दिन कोही आउन पाएनन्।

उद्योगपति अग्रवालले संकटको यो घडीमा अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायीत्व भएको बताए।

उनले उपचारका क्रममा कोही भोकै बस्नु पर्ने अवस्था नआओस् भन्नका लागि खानाको व्यवस्था गरिएको बताए।

धनगढीमा रहेको महावीर भोजनालयले आइसोलेसनमा रहेका बिरामीहरूका लागि खाना, नास्ता तयार गर्नेछ।

आइसोलेसन र क्वारेन्टाइनमा रहेकाहरूलाई बिहान साढे नौ बजे दाल, भात, तरकारी, मिठाइ, पानी, दिउँसो दुई बजे खाजा र साँझ साढे ६ बजे रोटी, तरकारी दाल र पानीको व्यवस्था गर्ने उद्योगपति अग्रवालले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्