https://www.worldometers.info का अनुसार अहिलेसम्म कोरोना भाइरसबाट विश्वभर ६ लाख १४ हजार ८११ जना संक्रमित भएकोमा २८ हजार २८२ जनाको मृत्यु भएको छ। संक्रमित र मृतकको यो अनुपात ४.६ प्रतिशत हुन आउँछ, जुन सामान्य जस्तो पनि देखिन्छ। तर, यही तथ्यांकलाई अर्को कोणबाट हेर्दा भने मृत्युदर निकै धेरै देखिन्छ।
अहिलेसम्म संक्रमितमध्ये चार लाख ४९ हजार १९३ जना अझै संक्रमित छन् भने एक लाख ६५ हजार ६१८ जनाको ‘केस क्लोज’ गरिएको छ। यसरी फाइल बन्द गरिएकामध्ये एक लाख ३७ हजार ३३६ जना निको भएका हुन् भने २८ हजार २८२ जनाको ज्यान गएको हो। अब ‘एक्टिभ’ करीब चार लाख जनालाई छाडेर ‘केस क्लोज’ गरिएका व्यक्तिको मात्र तथ्यांक हेर्दा ८३ प्रतिशत निको भएका र १७ प्रतिशतको मृत्यु भएको देखिन्छ।
यस्तो मृत्युदर सबैभन्दा उच्च १९ माघमा देखिएको थियो उक्त दिन ‘क्लोज केस’ मध्ये ५८.२ प्रतिशत निको भएका थिए भने ४१.८ प्रतिशत मृत्यु भएका। यो मृत्युदर प्रत्येक दिनजसो घट्दै आएर २४ फागुनमा ५.६ प्रतिशतमा झरेको थियो। त्यसपछि क्रमशः बढ्दै गएको मृत्युदर १४ चैतमा १७.०५ प्रतिशत पुग्यो। यो मृत्युदर कोभिड-१९ को फाइल बन्द गरिएका केसको औषत १७ प्रतिशत भन्दा अलिकतिले बढी हो।
कोभिड-१९ का कारण बढ्दो मृत्युदर जनस्वास्थ्य सेवा प्रवाह गुणस्तरीय नभएको नेपाल जस्ता देशका लागि अझ चिन्ताको विषय हो।
दक्षिण एशियामा कस्तो छ ?
दक्षिण एशियाका ८ देशमा अहिलेसम्म कोभिड-१९ ले ४१ जनाको ज्यान लिइसकेको छ। त्यसमध्ये झण्डै आधा भारतका छन्। भारतमा २० जनाको मृत्यु भएको छ भने पाकिस्तानमा १२, बंगलादेशमा पाँच र अफगानिस्तानमा चारजनाको मृत्यु भएको छ।
हिँजोसम्म ११ जनाको मृत्यु भएको पाकिस्तानमा आज थप एकजनाको मृत्यु भएको छ। दक्षिण एशियाका अन्य देशमा आज कोभिड-१९ का कारण कसैले पनि ज्यान गुमाउनु परेन।
नेपाल, भुटान, श्रीलङ्का र माल्दिभ्स गरी अन्य चार देशमा भने कोभिड-१९ का कारण अहिलेसम्म कसैले ज्यान गुमाउनु परेको छैन।
सबैभन्दा बढी संक्रमित पाकिस्तानमा एक हजार ४१५ जना छन् भने त्यसपछि भारतमा ९३३ जना छन्। तेस्रोमा अफगानिस्तान र श्रीलङ्कामा समान ११० जना बिरामी भएकोमा अफगानिस्तानले आफ्ना चार नागरिक गुमाइसकेको छ।
दक्षिण एशियामा कोभिड-१९ का कारण सबैभन्दा उच्च मृत्युदर रहेको बंगलादेशमा ४८ संक्रमित भएकोमा पाँचजनाको मृत्यु र १५ जना निको भएपछि २८ जना उपचाररत छन्। माल्दिभ्समा १६ संक्रमित भएकोमा ९ जना निको भइसकेका छन्। नेपालमा पाँच र भुटानमा तीन संक्रमित छन्।

नेपालमा यसरी हुँदैछ कोरोना भाइरसको विस्तार: Dekhapadhi
नेपालमा यसरी हुँदैछ कोरोना भाइरसको विस्तार

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ३१ डिसेम्बर २०१९ मा कोभिड-१९ को पहिलो बिरामी भेटिएको रेकर्ड राखेको छ। पहिलोपटक चीनको वुहान शहरका ती व्यक्तिमा संक्रमण देखिएको कोरोना भाइरस त्यसयताका तीन महीनामा विश्वभर पुगिसकेको छ।

ती एक व्यक्तिबाट कोरोना भाइरस अन्य एक लाख व्यक्तिमा पुग्न ६७ दिन लागेको थियो।

७ मार्चमा एक लाख व्यक्तिमा पुगेको यो भाइरस फैलने गति अहिले यति बढेको छ कि, आजका मितिमा एक लाख व्यक्तिमा पुग्न दुई दिन पनि लाग्दैन। १३ चैतमा ४६ हजार ४८४ जना संक्रमित भएकोमा १४ चैतमा बढेर ६४ हजार ५०४ जनामा पुग्यो।

पछिल्लो एक सातामा नेपालमा पनि चारजनामा यसको संक्रमण पुष्टि भयो। पहिलोपटक २८ पुसमा चीनको वुहानबाट नेपाल आएका ३१ वर्षीय पुरूषलाई कोरोना संक्रमण भएको ९ माघमा पुष्टि भएको थियो। त्यसको दुई महीनासम्म कसैमा पनि देखिएन। उपचारपछि उनी पनि निको भएर फर्किए।

तर, जब विश्वभर नै यसको विस्तार तीव्र गतिमा हुँदै गयो, त्यसपछि खाडी मुलुक र युरोपबाट नेपाल फर्किएका व्यक्तिमा यसको संक्रमण देखिएको छ।

४ चैतको 'बोर्डर लाइन'

कसैलाई कोरोना भाइरसको संक्रमण भएमा सामान्यतयाः १४ दिनभित्रमा त्यसका लक्षणहरू देखिने चिकित्सकहरू बताउँछन्। कहींकहीं २०-२२ दिनमा र त्यसभन्दा पछि पनि लक्षणहरू देखिने भए पनि आमरूपमा भने दुई सातासम्ममा लक्षण देखिईसक्छ।

त्यही कारण हो, भाइरस प्रभावित देशबाट फर्किएका व्यक्तिहरूलाई १४ दिनसम्मको क्वारेन्टाइनमा राखिएको। चीनको वुहान शहरबाट ४ फागुनमा एअरलिफ्ट गरी ल्याइएका विद्यार्थीहरूलाई खरिपाटीमा १४ दिन त्यसरी क्वारेन्टाइनमा राखिएको थियो भने त्यसपछि अरू देशबाट आउने नेपालीलाई पनि घरमै सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न भनिएको बताउँछन्।

यो सातामा देखिएका सबै चारजना नयाँ संक्रमित ४ चैतपछि नेपाल आएकाहरू छन्। नेपालमा दोस्रो केसको रूपमा ४ चैतमा फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक १९ वर्षीया युवतीलाई कोभिड-१९ देखिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाबको नमूना परीक्षण गर्दा ९ चैतमा उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो। त्यसपछि ६ चैतमा एअर अरेबियाको जहाज चढेर यूएईबाट आएका धादिङका ३२ वर्षे पुरूषमा संक्रमण देखियो। यो तेस्रो संक्रमणको पुष्टि ११ चैत राति भयो- राष्ट्रिय प्रयोगशालामा परीक्षणपछि।

काठमाडौंकी १९ वर्षीया युवती र धादिङका यी पुरूष दुवैजनाको अहिले टेकुस्थित शुक्रराज सरूवा रोग अस्पतालमा उपचार भइरहेको छ।

७ चैतमा दुबईबाट दिल्ली हुँदै काठमाडौं आएका धनगढीका अर्का युवा पनि कोरोना भाइरसबाट संक्रमित भएको १४ चैतमा गरिएको परीक्षणमा खुल्यो। उनको अहिले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। आज,१५ चैतमा बागलुङकी अर्की एक १९ वर्षीया युवती संक्रमित भएको खुलेको छ। उनी ४ चैतमा बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन्।

यसअघि नेपालमा दोस्रो संक्रमित देखिएकी फ्रान्सबाट आएकी काठमाडौंकी युवती र आज संक्रमण पुष्टि भएकी बागलुङकी युवती दुवैजना एउटै जहाजमा आएको खुलेको छ।

यसरी अहिलेसम्म विदेशबाट आएका व्यक्तिमा मात्रै देखिएको कोभिड-१९ अब नेपालमा अन्य व्यक्तिमा पनि देखिन सक्ने सम्भावना बढेको छ। किनभने ११ चैतमा देशव्यापी लकडाउनको आदेश जारी गर्नुअघिसम्म बेरोकटोक हिँडडुलका कारण अन्य व्यक्तिमा सर्न सक्ने प्रशस्त सम्भावना छ। संक्रमित व्यक्तिले नेपाल आएपिछ सार्वजनिक यातायात प्रयोगदेखि सार्वजनिक स्थानमा भएका भेटघाट र अन्य ‘मुभमेन्ट’ का कारण संक्रमण फैलिएको रहेछ भने त्यसको लक्षण देखिने समय अब बल्ल आउँदैछ।

तीव्र गतिमा संक्रमण फैलिएका अन्य देशको तुलनामा नेपालमा सुस्तरी फैलँदो भए पनि नेपालमै भने यो सातामा मात्रै चारजनामा फैलिसकेको छ। तीन महीनामा जम्मा पाँचजनामा फैलिएको संक्रमणसँग तुलना गर्दा भने एक सातामै चारजनामा फैलनु चिन्ताको विषय बनेको छ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. देवकोटाले नेपालमा कोभिड-१९ फैलिन सक्ने सम्भावना रहेको बताए। “अहिलेसम्म नेपालमा फैलिसकेको छैन। फैलिनसक्ने सम्भावनाको अनुमान गरिएको छ। यसलाई रोक्ने एउटै उपाय भनेको ‘नेटवर्क ब्रेक’ गर्ने हो। त्यसैले सबैलाई घरभित्रै बस्न अनुरोध छ।”

विदेशबाट संक्रमित भई फर्केका अन्य व्यक्तिको सम्पर्कमा पुगेका वा अहिले संक्रमित देखिएका व्यक्तिहरूको सम्पर्कमा पुगेका व्यक्तिमा संक्रमण फैलिएको रहेछ भने त्यो देखिने समय अब आउँदैछ। त्यसैले पनि आगामी दिनमा अझ बढी दूरी कायम गर्ने र ठूलो संख्यामा परीक्षण गर्नुपर्नेछ। प्रवक्ता डा. देवकोटा पनि यसमा सहमत छन्। “परीक्षणको दायरा अझ बढाउनुपर्नेछ, लकडाउनको समयमा पनि घरबाहिर हिँडेको पाइएको छ”, उनी भन्छन्, “क्वारेन्टाइनमा बस्न अझ कडाइ गर्नुपर्ने छ। घर बाहिर ननिस्किएर सरकारलाई सहयोग गरेको मात्र नभई आफू, परिवार र समाजलाई नै सहयोग गरेको रूपमा बुझ्नुपर्छ।”

अहिलेसम्म नेपालमा ९०७ जनाको स्वाबको नमूना परीक्षण गरिएकोमा ३२ जनाको अन्तिम रिपोर्ट आउन बाँकी छ। ८७० जना संक्रमित देखिएका छैनन् भने पाँचजनालाई संक्रमण देखिएकोमा एकजना निको भइसकेका छन्, चारजनाको उपचार हुँदैछ।

बीचमा घटेको मृत्युदर फेरि बढ्यो