साझा पार्टीले भन्यो- ‘उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र गठन गर’
काठमाडौं। साझा पार्टीले काेभिड-१९ सँग जुध्न उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र र विज्ञ समिति गठन गर्न सरकारसँग माग गरेको छ।
हालकै संरचनाभित्रको घनिभूत प्रयासको निरन्तरताले मात्रै यो संकटको सामना गर्न कठिन भएकाले यस्तो मानवीय संकटसँग जुध्न सरकारले आफ्नो कार्यशैलीमा संरचनागत फेरबदल गर्नुपर्ने साझा पार्टीले जनाएको हाे।
साझा पार्टी संयोजक रविन्द्र मिश्र र प्रवक्ता सूर्यराज आचार्यले आज उपप्रधानमन्त्री ईश्वर पोखरेललाई ‘प्रधानमन्त्रीलाई सुझावपत्र’ हस्तान्तरण गर्दै यस्तो बताएका हुन्।
प्रधानमन्त्रीलाई सम्बाेधन गरिएकाे सुझावपत्रमा प्रधानमन्त्रीको नेतृत्वमा, त्यो सम्भव नभए उपप्रधानमन्त्री ईश्वर पोखरलेको नेतृत्वमा प्रमुख दलका नेताहरू समेत रहने गरी उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्नु अत्यावश्यक देखिएको उल्लेख छ।
यस्तै साझा पार्टीले उच्च स्तरीय विज्ञ समिति निर्माणको पनि माग गरेको छ। वर्तमान संकटको विविध क्षेत्रमा पर्ने तात्कालिक र दीर्घकालिक असरहरूसँग जुध्नका लागि सरकारलाई निरन्तररूपमा आवश्यक विश्लेषण, सुझाव र समीक्षाका लागि एउटा उच्चस्तरीय विज्ञ समिति निर्माण गर्न उपयुक्त हुने साझा पार्टीले जनाएको छ।
उक्त समितिमा प्रशासन र स्वास्थसेवाका सम्बन्धित अधिकारीहरू लगायत देशभित्र र बाहिर रहेका नेपाली, आवश्यक परेको खण्डमा विदेशी विज्ञहरूलाई पनि सामेल गर्न सकिने साझा पार्टीको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्