तनहुँमा ७१ मजदुरकाे उद्धार गरी घर पठाइयाे
तनहुँ। तनहुँको व्यास नगरपालिका-२ मा अलपत्र परेका मजदुरलाई वडा कार्यालयको पहलमा आज उद्धार गरिएको छ।

दमौली बजारमा विभिन्न क्षेत्रमा काम गर्ने मजदुरलाई वडा कार्यालयको समन्वयमा उद्धार गरेर घर पठाइएको हो।

उनीहरूलाई दुईवटा बसमा गाैर र वीरगन्ज पठाइएको वडाध्यक्ष काशीराम श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार ३६ जनालाई रौतहटकाे गौर र ३५ जनालाई वीरगञ्ज पठाइएको छ।

“लकडाउनका कारण काम नभएपछि दमौलीमा अलपत्र परेका उनीहरू घर जान चाहेकाले प्रशासन कार्यालयसँग समन्वय गरेर घर पठाइएको हो”, श्रेष्ठले भने, “थप मजदुरलाई भोलि पनि उद्धार गरेर पठाउँछौं।”

भाेलि, १६ चैतमा गौर जानका लागि २२ मजदुरको नाम सङ्कलन भइसकेको छ। “वडा नं २ मा अलपत्र परेर बसेका सबै मजदुरलाई उद्धार गरेर घरतर्फ पठाउने व्यवस्था मिलाएका छौं”, श्रेष्ठले भने। उनले वडाभित्रका विपन्न मजदुरलाई लक्षित गरी राहत प्याकेजसमेत ल्याउने तयारी गरेको जानकारी दिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्