काठमाडौं। कोभिड-१९ को महामारीबाट जोगिन सरकारले लकडाउन घोषणा गरेपछि घरमै बस्नु सबैको कर्तव्य बनेको छ। त्यसअघि नै सरकारले चैत मसान्तसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरेकाले अहिले बालबालिकाहरू घरमै छन्। बाल्यकाल खेलकुद गर्ने उमेर हो। तर, परिस्थितिले उनीहरूलाई पनि बाहिर ननिस्कन बाध्य बनाएको छ।
साथीभाइसँग भेट्न, खेल्न नपाउँदा उनीहरू उदास हुनसक्छन्। यस्तो बेला उनीहरूलाई फिल्म देखाउनु उपयुक्त हुन्छ। तर, कुन फिल्म देखाउने ? केही अघि हलिउडमा सार्वजनिक भएको अभिनेता रकको फिल्म जुमान्जी पनि देखाउन सक्नुहुन्छ।
त्यसो त बालबालिकाकै लागि भनेर बनाइएका फिल्महरू पनि छन्। बालबालिकाकै लागि बनाइएका फिल्म के छन् भनेर हामीले रंगकर्मी एवं बाल नाटक महोत्सवका निर्देशक टंक चौलागाईं, रंगकर्मी एवं निर्देशक केदार श्रेष्ठ एवं निर्देशक नवराज बुढाथोकीसँग कुरा गरेका छौँ। उनीहरूको सल्लाहअनुसार तपाईंहरू पनि आफ्ना बालबालिकालाई यी फिल्म देखाउन सक्नुहुन्छः
अप (२००९)
‘अप’ एक अमेरिकन सीजीआई एनिमेटेड कमेडी ड्रामा एवं शाहसिक फिल्म हो। फिल्ममा कार्ल फ्रेड्रिकसेन (एक बुढा व्यक्ति) दक्षिण अमेरिकाका जंगलहरू पुगेर आफ्नो दिवंगत पत्नी, एलीलाई गरेको वाचा पूरा गर्न चाहन्छ। आफ्नो घरमा हजारौं बेलुनहरू बाँधेर राख्छ। यो फिल्म पेटहान्स डक्टेरले निर्देशन गरेका हुन्।
ह्यारी पोर्टर (२००१)
ब्रिटिश राइटर जेके रोलिङको पुस्तकमा आधारित छ यो फिल्म। यो फिल्म ११ वर्षे बालक ह्यारी पोर्टरको कथामा आधारित छ। एक अनाथ बालक ह्यारी पोर्टरलाई काका, काकीले हुर्काउँछन्। ह्यारीका बुवाआमा जादूगर हुन्छन्। ह्यारीलाई पनि जादू सिकाउन जादुयी विश्वविद्यालयमा लगिन्छ। यो स्वैरकाल्पनिक फिल्म हो। जेके रोलिङका पुस्तकहरू जस्तै फिल्म पनि आठ सिरिजमा बनेको छ।
धनक (२०१५)
नागेश कुकुनुरले लेखेको र निर्देशन गरेको यो फिल्म धनक २०१५ मा रिलिज भएको थियो। दस वर्षीय परी र आठ वर्षे छोटुको कहानी यो फिल्ममा छ। छोटु दृष्टिविहीन छ, परी नै उनको गाईड हुन्। छोटुको दृष्टि फर्काउन परीले गर्ने संघर्ष यो फिल्ममा देखाइएको छ। यसले २०१५ मा भारतको नेशनल अवार्ड जितेको थियो।
चिल्ड्रेन अफ हेभन (१९९७)
इरानी निर्देशक मजिद मजिदीद्धारा लिखित एवं निर्देशित यो फिल्ममा इरानी परिवारको कथा देखाइएको छ। यो फिल्ममा दुई दाजुबहिनी छन्। उनीहरू गरीब परिवारका छन्। एकदिन दाजुले बहिनीको जुत्ता हराइदिन्छन्, अनि आमाबासँग पैसा नभएकोले दुबैले पालैपालो जुत्ता लगाउने कथा छ। यसलाई नै हिन्दी भाषामा भारतका प्रियदर्शनले ‘बम बम भोले’ बनाएका छन्।
द सङअफ स्प्यारो (२००८)
इरानी निर्देशक मजिद मजिदीद्धारा नै निर्देशित ‘सङ अफ स्प्यारो’फिल्मले अस्ट्रिचको फार्ममा काम गर्ने करिमको कथालाई देखाएको छ। एउटा अस्ट्रिच हराएपछि उनी कामबाट निकालिन्छन्। उनले फेरि तेहरानमा नयाँ काम पाउँछन्, तर त्यहाँ पनि उनलाई नयाँ समस्या आइलाग्छ। विभिन्न समस्यका बावजुद उनले गरेको संघर्ष फिल्ममा देख्न सकिन्छ।
हाची (२००९)
हाचीः अ डग्स टेल जापानी फिल्म ‘हाचिको मोनोगेटरी’को रिमेक हो। यो फिल्मको नायक हाचिको नामक कुकुर हो। रेलवे प्लेटफर्ममा मालिकलाई कुरीबस्ने इमान्दार कुकुर हाचिको सत्य कथामा आधारित रहेर यो फिल्म बनाइएको हो। फिल्मका निर्देशक लाजी हल्सट्रोम हुन्।
द लायन किङ
सिम्बा डिज्नीको ‘द लायन किंग’ फ्रेन्चाइजको मुख्य पात्र हो। १९९४ मा आएको एनिमेटेड द लायन किङमा पहिलोपटक यो पात्र देखिएको थियो। यही पात्र भएको द लायन किङ २: सिम्बाज प्राइड, द लायन किङ ३ः हकुना मटाटा, द लायन किङ (२०१९) र द लायन गार्ड आएको छ। सिंह र अन्य जनावरको कथा भएकाले यो फिल्म बच्चाहरूका लागि रूचिकर हुनसक्छ।
चार्ली एण्ड द चक्लेट फ्याक्ट्री
चार्ली एण्ड द चक्लेट फ्याक्ट्री म्युजिकल फ्यान्टासी फिल्म हो। यसका निर्देशक टिम बुर्टोन हुन्। फिल्ममा चार्ली नामका एक जवान युवक छन् जो आफ्नो आमासँग बस्छन्। उनी चकलेट फ्याक्ट्रीमा जान चाहन्छन्। चार्लीको माध्यमबाट फिल्ममा मानिसहरूमा लालचको कस्तो असर पर्छ भनेर देखाउन खोजिएको छ। त्यस्तै धनी र गरीबबीचको अन्तर लगायतका विषय फिल्मले समेटेको छ।
स्ट्यान्लीका डब्बा
फिल्म ‘तारे जमिन पर’को सफलतापछि अमोल गुप्ताले स्ट्यान्लीका डब्बा फिल्म बनाएका थिए। फिल्म स्ट्यान्ली नामको अनाथ बच्चामा केन्द्रीत छ। ऊ चार कक्षामा पढ्छ। हिन्दी शिक्षकले बच्चाहरूको टिफिन खान्छ। स्ट्यान्लीले टिफिन ल्याउँदैन, त्यसैले सबै रिस उसैमाथि त्यस शिक्षकले खन्याउँथ्यो। तर, पछि स्ट्यान्लीको जित कसरी हुन्छ भनेर फिल्ममा देखाइएको छ।
द जंगल बुक
द जंगल बुक अमेरिकी फ्यान्टासी एडभेन्चर फिल्म हो। जस्टिन मार्क्सले यो फिल्म लेखेका हुन् भने जोन फभ्रेउले निर्देशन गरेका हुन्। फिल्मले एक अनाथ बच्चा मोगलीको कथा सुनाउँछ, जसले पशु अभिभावकहरू पाउँछ।
आई एम कलाम (२०११)
निलामाधब पांडाद्वारा निर्देशित फिल्म आई एम कलाममा एक गरीब बच्चा छोटुले भारतको पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामबाट प्रेरणा लिन्छन्। र, विस्तारै विस्तारै आफ्नो नाम बदल्छन्। फिल्ममा बच्चाको रूपान्तरित मानसिकताको बयान गरिएको छ।
" /> काठमाडौं। कोभिड-१९ को महामारीबाट जोगिन सरकारले लकडाउन घोषणा गरेपछि घरमै बस्नु सबैको कर्तव्य बनेको छ। त्यसअघि नै सरकारले चैत मसान्तसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरेकाले अहिले बालबालिकाहरू घरमै छन्। बाल्यकाल खेलकुद गर्ने उमेर हो। तर, परिस्थितिले उनीहरूलाई पनि बाहिर ननिस्कन बाध्य बनाएको छ।साथीभाइसँग भेट्न, खेल्न नपाउँदा उनीहरू उदास हुनसक्छन्। यस्तो बेला उनीहरूलाई फिल्म देखाउनु उपयुक्त हुन्छ। तर, कुन फिल्म देखाउने ? केही अघि हलिउडमा सार्वजनिक भएको अभिनेता रकको फिल्म जुमान्जी पनि देखाउन सक्नुहुन्छ।

">