काठमाडौं। नेपाल एअरलाइन्सको जहाजले आज चीनबाट ल्याउँदै गरेको स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको चर्चा सोसल मिडियामा हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर त्यसको खण्डन गरेको छ।
कोरोना भाइरस संक्रमित विरामीको उपचारको लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध नभएपछि मन्त्रालयले 'फास्ट ट्र्याक'मा खरिद प्रक्रिया शुरू गरेको थियो। केही दिनको प्रयासमा नै स्वास्थ्य सेवा विभागले खरिदको प्रक्रिया पूरा गरेर आज ती सामान लिन चीनको गोन्जाओमा नेपाल एअरलाइन्सको जहाज पठाएको थियो।
कोभिड–१९ को पहिचान, परीक्षण र उपचार गर्न औषधी, प्रयोगशाला सामग्री र पीपीई लगायत समानहरु खरिद गर्न स्वास्थ्य सेवा विभागबाट स्वदेश भित्रैका उत्पादक र वितरकलाई सार्वजनिक सूचना प्रकाशित गरी पटक–पटक टेन्डर आह्वान गर्दासमेत कुनै पनि उत्पादक, वितरणबाट टेन्डर पेश नभएको मन्त्रालयले बताएको छ।
मन्त्रालयको आह्वानमा कसैले पनि चासो नदेखाएपछि विभागले पुनः उत्पादक र वितरकहरुसँग सामूहिक रूपमा सार्वजनिक संवाद गरेर छिटो र छरितो रुपमा सामग्री ल्याउने सम्झौता गरेर ती सामानहरु नेपाल आउने क्रममा रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस विषयमा सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमहरुले भ्रामक, कपोकल्पित र समाजमा नकारात्मक प्रभाव फैलाउने समाचार प्रकाशन गरेकोमा यस मन्त्रालयको ध्यानाकर्षण भएको छ।”
मन्त्रालयले यस्तो विषम परिस्थितमा प्रचलित कानूनको अधिनमा रही छिटो, छरितो र प्रतिस्पर्धी विधिबाट खरिद गरेको यथार्थलाई लुकाइएको दाबी मन्त्रालयको छ।
यस्ताे छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे विज्ञप्ति