भोजपुरको रामप्रसादराई गाउँपालिकामा १५ बेडको क्वारेन्टाइन
<p>भोजपुर। यहाँस्थित रामप्रसादराई गाउँपालिकामा १५ बेडको क्‍वारेन्टाइन बनाइएको छ।</p>
<p>कोभिड-१९ को तयारी तथा प्रतिकार्यका लागि गाउँपालिकाले आफ्नो पहलमा गाउँपालिकाको केन्द्र बैकुण्ठेमा क्वारेन्टाइन स्थापना गरिएको उपप्रमुख सम्झना राईले जानकारी दिइन्।</p>
<p>गाउँपालिकाभित्रको प्रत्येक वडामा ५ वटा बेड रहने गरी क्वारेन्टाइन निर्माण भइरहेको उनले बताइन्।</p>
<p>पछिल्लो समय विदेशबाट गाउँपालिका क्षेत्रमा आएकाको खोजी गरी सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्